भारतमा एप्पलको पहिलो स्टोर २०२१ मा खुल्ने
एजेन्सी नयाँ दिल्ली, फागुन १६
एप्पलका प्रमुख कार्यकारी टिम कुकले कम्पनीले भारतमा पहिलो स्टोर सन् २०२१ मा खोल्ने बताएका छन् । सँगसँगै एप्पलले अर्को अनलाइन आउटलेट पनि भारतमा खोल्ने भएको छ । त्यसका लागि कम्पनीले प्रक्रिया समेत थालिसकेको छ । स्थानीय साझेदारविना नै खोल्न लागिएको स्टोरका लागि भारत सरकारबाट विशेष प्रमाणीकरण आवश्यक पर्छ । कुकले कम्पनीका सेयरसदस्यहरुको वार्षिक बैठकमा यस्तो घोषणा गरेका बीबीसीले जनाएको छ । उक्त बैठकमा लगानीकर्ताहरुले सरकारले मार्केटप्लेसबाट एप हटाउन आग्रह गर्दा कम्पनीले दिने प्रतिक्रिया पनि परिवर्तन गर्नुपर्ने प्रस्तावबारे समेत भोटिङ भएको थियो । तर पारित भने हुन सकेन ।
विश्वकै दोस्रो ठूलो स्मार्टफोन बजारमा एप्पलको आगमन पहिलेदेखि नै प्रतीक्षाको विषय बनेको छ । तर कम्पनीले मिति नै तोकेर घोषणा गरेको भने यो नै पहिलो भएको बताइएको छ । सन् २०१८ मा भारतले कानुन परिवर्तन गर्दै विदेशी कम्पनीलाई एक्लौटी स्टोर खोल्न निषेध गरेको थियो । कुकले पनि साझेदारसँग मिलेर एप्पलले स्टोर खोलोस् भन्ने भारतले चाहेको बताएका थिए । भारतमा एप्पलले थर्ड पार्टी स्टोरबाट आफ्ना उत्पादन बिक्री गर्दै आएको छ । चीनमा पछिल्लो समय एप्पलको बिक्री सुस्त हुँदै गइरहेको छ । त्यसमाथि पछिल्लो समय फैलिएको कोरोना भाइरसको प्रकोपले असर गरेको छ । सोही कारण कम्पनीले भारत जस्ता विकास भइरहेका बजारको खोजीमा रहेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया