काठमाडौं । आईएनजी ग्रुपको आयोजनामा ‘पहिलो आईएनजी फुटसल टोर्नामेन्ट २०७९’ सम्पन्न भएको छ । उक्त टोर्नामेन्टमा आईएनजी ग्रुपअन्तर्गत रहेको विभिन्न ७ वटा कम्पनीबाट ४१ वटा टोलीको सहभागिता थियो ।
प्रतियोगितामा सहभागी कुल ४१ टोलीमध्ये ३१ पुरुष टोली र बाँकी १० महिला टोली थिए । आईएनजी फुटसल प्रतियोगिता–२०७९ को ग्रान्ड फिनाले महाराजगञ्जस्थित डुकु फुटसल हबमा सम्पन्न गरिएको हो । प्रतियोगिताको फाइनलमा पुरुष टोलीमा हेराल्ड कलेजको ‘टिम हेराल्ड’ र आईएनजी स्किलको ‘टिम स्किल’बीच प्रतिस्पर्धा थियो । मंगलबार भएको फाइनलमा हेराल्ड कलेजले आईएनजी स्किललाई पराजित गर्दै उपाधि हात पारेको छ ।
त्यस्तै, महिला टोलीतर्फ इस्लिङ्टन कलेजबाट ‘देवीको टिम’ र आईएनजी स्किलबाट ‘स्किल महिला टिम’ फाइनलमा खेलेका थिए । खेलमा इस्लिङ्टन कलेजले आईएनजी स्किललाई पराजित गर्दै उपाधि हात पारेको हो । आईएनजी ग्रुपले विजेता टोली हेराल्ड कलेज र इस्लिङ्टन कलेजलाई सम्मान पत्र, पदक र ट्रफीसँगै एक–एक लाख नगद पुरस्कार हस्तान्तरण गरेको छ । आईएनजी फुटसल टोर्नामेन्टको व्यवस्थापन आईएनजी मानव संसाधन विभागले लिएको थियो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
- शिक्षा मन्त्रालयले विद्यार्थीको सिकाइ उपलब्धिलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गर्ने
- शेयर बजारको ओरालो यात्रा रोकियो, आज २ अंकको वृद्धि
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया