नयाँ दिल्ली । अत्यधिक कर्जामा डुबेका भारतीय उद्योगपतिलाई ठूलो राहत मिलेको छ । बम्बई उच्च अदालतले आयकर विभागलाई अनिल अम्बानीविरुद्ध नोभेम्बर १७ सम्म दण्ड दिने गरी कारबाही नगर्न निर्देशन दिएको हो ।
विभागले अम्बानीलाई कालोधनमा सूचना पठाउँदै मुद्दा किन नचलाउने सोधेको थियो । आयकर विभागले अगस्ट ८ मा अम्बानीलाई दुई स्विस बैंक खातामा राखेको आठ अर्ब १४ करोडभन्दा बढी अघोषित धनलाई लिएर सूचना जारी गरेको थियो । साथै उनले कथित चार अर्ब कर छली गरेको आरोप पनि लगाएको थियो ।
नवभारत टाइम्सका अनुसार अम्बानीमाथि करछलीसँगै आफ्नो विदेशी बैंक खाताको विवरण र वित्तीय हितबारे भारतीय कर अधिकारलाई केही नबताएको आरोप पनि लागेको छ । अम्बानीले यही महिनाको सुरुमा सूचनालाई चुनौती दिँदै अदालतको ढोका ढकढकाएका थिए । जसमा दाबी गरिएको थियो कि कालोधन कानुन २०१५ मा लागू गरिएको थियो । अम्बानीको पक्षबाट वरिष्ठ वकिल रकिफ दादाले अधिनियमको प्रवाधान पछिल्लो तारिखबाट प्रभावित हुन नसक्ने बताएका थिए । तर कथित लेनदेन २००६/२००७ र २०१०/२०११ को हो ।
अम्बानीको पक्षबाट वरिष्ठ वकिल रफिकले अधिनियमको प्रावधान पछिल्लो तारिखबाट प्रभावित नहुने दाबी गरे ।
तर आयकर विभागका वकिल अखिलेश्वर शर्माले यसको जवाफ दिँदै समय मागेका छन् । न्यायाधीश एसबी गंगापुरवाला र आरएन लड्ढाको इजलासले १७ तारिखमा सुनुवाइको लागि आदेश दिएको नवभारत टाइम्सले जनाएको छ । अदालतले आयकर विभागको अघिल्लो तारिखसम्म अम्बानीको विरुद्ध कारण देउ सूचनाबाट कुनै पनि दण्डनीय कारबाही नगर्न आदेश दिएको छ ।
इजलासले आयकर विभागलाई अम्बानीको यो दलीलको दवाफ दिन पनि भनेको छ । कालोधन कानुनको प्रावधान पछिल्लो तारिखबाट लागू हुन नसक्ने पनि अदालतले जनाएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया