माछापुच्छ्रे बैंकको नयाँ बन्दिपुर एक्सटेन्सन काउन्टर शाखा सिरहामा
काठमाडौं । माछापुच्छ्रे बैंकले मधेश प्रदेशको सिरहा स्थित कर्जन्हा नगरपालिका वडा नं. ०३, बन्दिपुरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले शुक्रबार औपचारिक कार्यक्रमको आयोजना गरी उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरेको हो । उक्त एक्सटेन्सन काउन्टरको कर्जन्हा नगरपालिकाका मेयर भोला प्रसाद पोखरेल एंव माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डा. वीरेन्द्र प्रसाद महतोले संयुक्तरुपमा उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाको पनि उपस्थिति थियो । बन्दिपुर सिरहा एक्सटेन्सन काउन्टरसँगै बैंकको हाल १० वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा छन् ।
माछापुच्छ्रे बैंकले देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ र नयाँ एक्सटेन्सन काउन्टरमार्फत ग्राहकको खाता खोल्ने, निक्षेप संकलन तथा भुक्तानी, विप्रेषण लगायतका अन्य बैंकिङ सुविधाहरु प्रदान गर्नेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- आज अन्तर्राष्ट्रिय श्रमिक दिवस
- डिजेल र मट्टीतेलको मूल्य घट्यो
- सरकारको नाममा गइसकेको जग्गा हडप्न दुगडसँग सेटिङ
- क्षत्रपाटीमा पत्रकार रिजालमाथि आक्रमण प्रयास
- सर्वोच्च अदालतले सिधा कुरा डटकमबाट प्रकाशित सामग्रीमा चालेको कदमप्रति नेपाल पत्रकार महासंघको गम्भीर चासो
- सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार
- तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य
- कर्णाली प्रदेश सरकार बिस्तार
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया