प्रमाणमा आधारित नीति निर्माण गर्न निम्बस र दायित्वबीच सहकार्य
काठमाडौं । नेपालमा युवा र सरकारबीचको विश्वास बढाउन र प्रमाणमा आधारित नीतिनिर्माणलाई प्रवद्र्धन गर्न निम्बस र दायित्वबीच साझेदारी भएको छ । देशमा नवप्रवर्तन, सहकार्य र सेवाको भावले एक उद्यमशील नेपाल सृजना गर्न सकिने साझा दूरदृष्टिलाई यस सम्झौताले अझ मजबुद बनाउने विश्वास छ । निम्बस र दायित्वबिच सेप्टेम्बर ३० मा हस्ताक्षर गरिएको समझदारीपत्रअनुसार निम्बसले दायित्व नेपाल जन नीति फेलोशिप कार्यक्रम अन्तर्गत २०२३ मा तीन जना फेलोहरुलाई स्पन्सर गर्नेछ ।
सन् २०१३ देखि दायित्वले संघीय, प्रान्तीय र स्थानिय तहमा ७४ सरकारी संस्थाहरु र २४ सांसदहरुसँगको सहकार्यमा नीति अनुसन्धानमा सहयोग पु-याउन विभिन्न ३० वटा देशबाट प्रशिक्षित कुल एक सय ६४ दायित्व फेलोहरुको ११ वटा समूहलाई परिचालन गरिसकेको छ । विश्वव्यापी प्रतिस्पर्धामार्फत छनोट गरिने रिसर्च फेलोहरुले तीनदेखि छ महिनासम्म सम्बन्धित मन्त्रालयका अधिकारीहरु र विभिन्न नीति तथा अनुसन्धन विज्ञहरुको मेन्टरिङमा, लगानीमा पहुँच, युवा रोजगारी, महिलाको आर्थिक सशक्तीकरण, मूल्य शृंखला र शासन सुधारलगायतका विषयवस्तुमा नीतिगत अनुसन्धान गर्नेछन् । हस्ताक्षरपश्चात् बोल्दै निम्बसका प्रबन्धनिर्देशक आनन्द बगारियाले, दायित्व फेलोसिपजस्ता कार्यक्रमले युवा र सरकारबीचको अर्थपूर्ण कुराकानीको ढोका खोल्छ जसले देशमा अझ प्रगतिशील युवा परिवर्तनहरू ल्याउन सक्ने बताए ।
त्यस्तै, दायित्वका संस्थापक तथा अध्यक्ष डा. पुकार मल्लले भने, ‘दायित्व फेलोसिपले युवा, सरकार र निजी क्षेत्रबीचको सहकार्य र विश्वासलाई सुदृढ गर्दै देशलाई नवप्रवर्तन, सुशासन र आर्थिक समृद्धिको साझा यात्रामा परिचालन गरेको छ । एक दशकभन्दा लामो समयको प्रयास र अनुभवहरुमार्फत पोख्त दायित्व फेलोशिप नेपाली युवाहरुका लागि एउटा अतुलनीय अवसर हो ।’ नीति निर्माणको प्रक्रियामा प्रत्येक्ष योगदान पु-याउनुको साथै फेलोहरुले नेपाल सरकारको नजिक रहेर काम गर्ने सुनौलो अनुभव प्राप्त गर्दछन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
- १९ सय ९८ बिन्दुमा खुम्चियो सेयर बजार
- आइजिपी कुँवर र इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुखबीच शिष्टाचार भेटघाट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया