महालक्ष्मी विकास बैंकद्वारा विभिन संस्थालाई सहयोग
काठमाडौं । ‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरतरूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले विभिन्न संस्थाहरूलाई सहयोग गरेको छ । बैंकका अनुसार बैंकको विभिन्न शाखाहरूले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संस्थाहरूलाई सहयोग गरेका हुन् ।
बैंकको कमाने शाखाद्वारा मकवानपुर जिल्लाको पुरानो अस्पताल, हेटौँडा अस्पताललाई कुर्सी हस्तान्तरण गरिएको छ । हेटौँडा अस्पतालको नवनिर्मित भवनमा सेवा लिन आउने बिरामीहरूलाई सहजता होस् भन्ने उद्देश्यले बैंकले उक्त कुर्सी प्रदान गरेको हो । साथै बैंकको आँबुखैरेनी शाखाद्वारा आँबुखैरेनी–६ मा अवस्थित आँबुखैरेनी क्याम्पसलाई पङ्खा हस्तान्तरण गरिएको छ । विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष कार्यक्रमका बीच बैंकले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको पठनपाठन वातावरणमा सहजताका लागि १५ थान पङ्खा हस्तान्तरण गरेको हो ।
त्यसैगरी बैंकको नारायणगढ शाखाद्वारा भरतपुर महानगरपालिका वडा नं २ आँपटारी, मिलनटोलमा अवस्थित शिवालय मन्दिरलाई कुर्सी हस्तान्तरण गरिएको छ । मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरू र मन्दिर परिसरमा बिहान, दिउँसो र साँझमा घुम्न आउने ज्येष्ठ नागरिकहरूलाई आराम गर्न सहयोग होस् भन्ने हेतुले बैंकले उक्त कुर्सीहरू मिलन टोल विकास संस्थालाई प्रदान गरेको हो ।
उल्लेखित कार्यक्रम सँगसगै बैंकको मैतिदेवी शाखाद्वारा काठमाडौं महानगरपालिका वडा नं ३० मा अवस्थित मैतिदेवी मन्दिरमा सीसी क्यामेरा जडान गरिएको छ । मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरू साथै मन्दिर परिसरको सुरक्षाका निम्ति बैंकले मैतिदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिसँग समन्वय गरी दुई थान सीसी क्यामेरा जडान गरेको हो ।
आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरू निरन्तररूपमा सञ्चालन गर्ने जानकारी बैंकले दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया