राष्ट्रसंघीय महासचिवको आह्वान : गरिबी उन्मूलनका निम्ति तत्काल कदम चालौं
अमेरिका । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गरिबी उन्मूलनका निम्ति तत्काल विश्वव्यापी कदम चाल्न आह्वान गरेका छन् ।
अन्तर्राष्ट्रिय गरिबी उन्मूलन दिवसका अवसरमा दिनुभएको भिडियो सन्देशमा उनले विश्वका लाखौँ जनता कोभिड–१९ का कारण गरिबीतर्फ धकेलिएका, चार वर्षभन्दा बढी समयको मिहिनेतले प्राप्त प्रगतिलाई पछाडि धकेलेको, असमानताका खाडल अझ फराकिला भएका, राष्ट्रिय एवम् घरेलु अर्थतन्त्रमा रोजगारीका अवसर गुमेको, खाद्यान्न र ऊर्जाको मूल्य बढ्दा र विश्वव्यापी मन्दीको छायामा वर्तमान विश्व रूमल्लिएको वास्तविकता प्रस्तुत गरे ।
एकै समयमा जलवायु संकट र उग्र द्वन्द्वले ठूलो पीडा निम्त्याइरहेको, सबैभन्दा अधिक पीडा गरिब जनताले भोगिरहेका, विकासोन्मुख देश आर्थिक वृद्धिका निम्ति लगानीका स्रोत र ऋण राहतमा पहुँच बढाउन असमर्थ हुँदादिगो विकास लक्ष्य हासिल गर्न कठिन भएको उनले बताए ।
महासचिवले स्वास्थ्य र सभ्य काम, लैङ्गिक समानता, सामाजिक सुरक्षा, खाद्य सुरक्षा र शिक्षामा लगानी बढाउनुपर्नेमा जोड दिए । रोजगारी सिर्जना गर्ने हरित अर्थतन्त्रमा लगानी बढाउन अपरिहार्य भएको अभिमत पनि उनले सन्देशमा व्यक्त गरेका छन् ।
राष्ट्रसंघीय महासभाका अध्यक्ष कासाबा कोरोसीले पनि जलवायु परिवर्तन, कोभिड–१९, सबै खाले द्वन्द्वका साथै युक्रेन युद्धको अन्त्यबाट विश्व शान्ति प्रवर्द्धन तथा गरिबी उन्मूलनमा सहयोग पुग्ने बताए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया