Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘ सबैले आफ्नो मातृभुमी, आफ्नो आमा, आफ्नो धर्म सम्झेर सही व्यक्ति र राजनीतिक पार्टी छानौं’(अन्तर्वार्ता)

‘ सबैले आफ्नो मातृभुमी, आफ्नो आमा, आफ्नो धर्म सम्झेर सही व्यक्ति र राजनीतिक पार्टी छानौं’(अन्तर्वार्ता)

बिकृत बनाईएको राजनीतिलाई, सही दिशामा ल्याउनु पर्छ


देश हामी सबैको हो । यो देश बनाउनको लागि हामी सबै युवा आफ्नै देशमा बस्नु पर्छ, आफ्नै घरमा आफन्तसंग बस्नु पर्छ, बसाल्नु पर्छ । यही आवाज बुलन्द गर्न पनि मैले उम्देवारी दिएको हुं, यो भनाई हो, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं, क्षेत्र नं ४, प्रदेश “क” प्रदेश सभा सदस्य उम्मेदवार, रिद्धी प्रताप ज.ब.राणा को । सानैं उमेरदेखि सामाजिक कार्यमा सक्रियरुपमा लाग्नु भएका राणा युवा राजनीतिज्ञ हुनुहुन्छ ।

उहाँले सामाजिक कार्यमा गरेको योगदान कै कारण अहिले हजारौं युवाहरुले नयाँ जीवन पाएका छन् र पाउँदै पनि छ । देश जनताको लागि केही गर्नुपर्छ, हामीले नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ? यही सोचकासाथ राजनीतिमा होमिनुभएका राणा वर्तमान राजनीतिज्ञहरुप्रति वाक्क दिक्क हुनु भएको छ । मुलुक बनाउनु भन्दा पनि आफु र आफन्त बनाउने होडमा लाग्नेहरुको भिड लागेको अहिलेको वर्तमान राजनीतिज्ञहरुको समुहमा राणा आशाको किरण बनेर निस्किनुभएको छ । युवा जोश र जाँगरका साथ आफ्नो मातृभुमीको लागि केही गर्ने दृण इच्छाशक्तिका साथ राजनीतिका लागेको बताउनुहुने उनै युवा राजनीतिज्ञ राणासंग गरिएको कुराकानीको संपादित अंशः

तपाई समाजसेवामा लाग्नु भएको व्यक्ति, राजनीतिमा आउनुको कारण के होला ?

हेर्नुहोस, रिद्धी प्रताप ज.ब.राणा भनेको समाजको मान्छे हो । यो समाज, सिंगो देश र आम नेपाली जनताको लागि केही गर्छु भनेर सामाजिक कार्यमा लागेको मान्छे हो । जतिबेला देखि म सामाजिक कार्यमा लागें त्यो बेलादेखि नैं राजनीतिमा लागेको हुं । मलाई जतिले चिन्नु हुन्छ, समाजसेवी, राजनीतिज्ञ र सामाजिक अभियन्ता, स्पष्ट दृष्टिकोण भएको रिद्धी प्रताप ज.ब.राणा जसले देश र जनताको लागि केही गर्छ, गर्न सक्छ भनेर चिन्नु हुन्छ ।

आमनागरिकको यही चिनाई र बुझाई कै कारण अहिले म निर्वाचनमा होमिएको हुं । तपाई मेरो अन्र्तवार्ता लिईरहनु भएको छ, तपाई स्वंम भुक्त भोगी हुनुहुन्छ, देशको वर्तमान अवस्थाको बारेमा, तमाम बेथितीहरुका बारेमा । हेर्नुहोस, देश छोड्ने रहर कसैलाई हुंदैन, घर परिवार छोड्ने रहर कसैलाई हुंदैन ।

बाध्यता र बिवशतामा पेलिएका लाखौं नेपाली युवाहरु अहिले बिदेशीएका छन । मुठीभरको केही पैसाको लागि परिवार देश छोडेका छन, अर्थात भनौं छोड्न बाध्य गराईएका छन, आफ्नो जीवनको ऊर्जाशिल समय अरु देशको सेवा गर्न बाध्य भएका छन् । आमनेपाली युवाहरुलाई आफ्नै देशमा रोजगारी दिनुपर्छ, तालिम दिनु पर्छ, स्वरोजगार बनाउनु पर्छ ।

यो राज्यको दायित्व हो, यो दायित्व पुरा गराउनको लागि राज्यलाई घच्घचाउनु पर्छ, राज्यको जिम्वेवार निकायमा बसेका व्यक्तिको कानमा चर्को संग कराउनु पर्छ, सडकमा मात्र कराएर यहाँ केही हुंदो रहने छ । त्यो आवाजलाई बुलन्द बनाउन निणार्यक तहमा पुग्ने पर्ने रहेछ, त्यसकै लागि मैले उम्मेदवारी दिएको हुं ।

तपाईको उम्मेदवारी राप्रपाबाट आयो, त्यो उम्मेदवारी अन्य पार्टीहरुबाट पनि आउन सक्थ्यो होला नि ?

म यो, उ पार्टी व्यक्ति भन्दिन । राजनीति र राजनीतिज्ञ भनेको आरोप, प्रत्यारोपबाट मुक्त हुनु पर्छ । मुलुकमा अहिले जति बेथितीहरु देखिएका छन्, यि सबै बेथितीहरु तपाईकै भाषामा भन्नु पर्दे तिनै अन्य पार्टीहरुबाट, पार्टीका नेताहरुबाट भएको हो । यो मुलुकमा सच्चा पार्टी, देशभक्त पार्टी, जसले देश र जनताको लागि साँचो अर्थमा केही गर्न सक्छ, त्यो पार्टी भनेको हाम्रो आफ्नै पार्टी, यही देशको माटोमा जन्मेर हुर्के बढेको पार्टी राप्रपा नैं हो ।

नेपालमा अहिले धेरै वटा राजनीतिक पार्टीहरु रहेका छन् । ति आयातित पार्टीहरु हुन । अन्य पार्टीका सभा समारोहमा बिदेशी व्यक्तिहरुको फोटो राखेर सभा सुभारम्भ गरिन्छ, तर राप्रपा एउटा त्यस्तो पार्टी हो जसले राष्ट्रपिता पृथ्वी नारायण शाहको तश्विर राखेर कार्यक्रम सुरु गर्छ । अहिले राजनीतिलाई बिकृत बनाईएको छ, यो बिकृत राजनीतिलाई सही दिशामा ल्याउनको लागि पनि हामी युवा निर्णायक तहमा पुग्नै पर्छ, म नभए हामी जस्तै युवाहरु त्यो तहमा पुग्नै पर्छ । युवाहरु भनेका देश बनाउने कर्णधारहरु हुन ।

No description available.

तर बिडम्वन हामी युवा अहिले रोग, भोक र शोक संग लडिरहेका छौं । केही केही पैसाको लागि आफ्नो ऊर्जाशिल समय खाडीमा बिताईरहेका छौं । देश हामी सबैको हो । यो देश बनाउनको लागि हामी सबै युवा आफ्नै देशमा बस्नु पर्छ, आफ्नै घरमा आफन्तसंग बस्नु पर्छ, बसाल्नु पर्छ । यही आवाज बुलन्द गर्न पनि मैले उम्देवारी दिएको हुं । आम नेपाली युवालाई आफ्नै देशमा रोजगारी दिनुपर्छ, तालिम दिनु पर्छ, स्वरोजगार बनाउनु पर्छ । यो राज्यको दायित्व हो अबको दिनमा यो दायित्व राप्रपाले मात्र पुरा गर्न सक्छ । त्यहीकारण पनि मैले राप्रपाबाट नैं उम्मेदवारी दिएको हुं ।

तपाईको उम्मेदवारीलाई आम नागरिकले कसरी हेर्ने ? अथवा भनौं जित्ने आधारहरु के के हुन् ?

“जननी जन्मभुमिश्च स्वर्गादपी गरियसी” अर्थात जन्म दिने आमा र आफ्नो जन्मभुमी स्वर्ग भन्दा पनि ठुुलो र महान हुन्छन । तर अहिले आफ्नो जन्मभुमिलाई बिकृत बनाईएको छ, यसलाई अझैं बिकृत बनाउन खोजिंदै छ । जो सच्चा नेपाली हो, जसको हृदयमा पुर्खाले दुखै दुखले सिर्जित गरेको, आर्जित गरेको मुलुक छ, त्यसको लागि यो कदापी सह्य हुदैन र हुने छैन् । यो म जस्तै तमाम देशभक्त युवाहरुलाई आवाज हो । यो आवाजलाई बुलन्द गर्न, यो आवाजलाई निर्णायक तहमा पुर्याउनको लागि मैलै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट काठमाडौं क्षेत्र नं ४, प्रदेश “क” प्रदेश सभा सदस्यकोरुपमा उम्मेदवारी दिएको हुं ।

यो मेरो मात्र उम्मेदवारी होईन, देशप्रति मायाँ भएको सञ्चा नेपालीको प्रतिनिधिको उम्मेदवारी हो । जो संगै यही आस्था र बिस्वास भएका आम नेपालीहरुको साथ, सर्मथन र सहयोग रहेको छ । राजसंस्था र हिन्दु राष्ट्रको पुर्नस्थापना, संघियताको खारेजी, भ्रष्टाचारमुक्त मुलुक निर्माण, आर्थिक क्रान्तिको लागि, निशुल्क गुणस्तरीय शिक्षा र स्वास्थ, राष्ट्रिय स्वाधिनता तथा काठमाडौं क्षेत्र नं ४ लाई देशकै व्यवस्थीत, स्वस्छ र सुरक्षित नमुना क्षेत्र बनाउनको लागि राष्ट्रिय प्रजातन्त्र पार्टीको हलो चिन्ह लिएर म चुनावी मैदानमा उत्रिएको हुं ।

राष्ट्रियता जोगाउने लडाई, भ्रष्टाचार मुक्त समाज बनाउने अभियान, र यस क्षेत्रको विकासको यात्रामा जोडिन मैले उम्मेदवारी दिएको हुं । म यो, उ पार्टी भन्दिन, यस क्षेत्रमा अहिले बिभिन्न पार्टीका तर्फबाट थुप्रै नेताहरु आ–आफ्ना एजेण्डा लिएर चुनावी मैदानमा उत्रिनु भएको छ, उहाँहरु धेरैजसो बाहिरबाट आएर यस क्षेत्रमा बसोबास गर्नुभएको हो ।

तर म यही क्षेत्रको हुं, यही क्षेत्रमा जन्मी हुर्की खेलेको मान्छे हुं । यस क्षेत्रका प्रत्येक नागरिकको दुख, सुख, हाँसोखुसी, रोदनसंग म नजिक छु । यस क्षेत्रका युवायुवतीहरुको पिडा मैले बुझेको छु । यो बुझाईलाई निर्णायक तहमा पुर्याउनको लागि पनि मैले उम्मेदवारी दिएको हुं ।

बिगत लामो समय देखि म यही क्षेत्रमा रहेर सामाजिक कार्यहरुमा सक्रिय रहेको छु । राप्रपा क्षेत्र नं ४ को अध्यक्ष, राप्रपा काठमाडौं जिल्ला अध्यक्ष (युवक संगठन), रिकभरिङ नेपालको कोषाध्यक्ष, माया नेपाल ड्रग्स रिह्याबिटेशन सेन्टरको कार्यकारी निर्देशक तथा संस्थापक अध्यक्षकोरुपमा मैले लामो समय काम गरिसकेको छु, अहिले पनि गरिरहेको छु ।

No description available.

बिगत १५ बर्षदेखि १० औं हजार व्यक्तिहरुलाई सामाजिक कार्यहरुमा सक्रिय रहेकै आधारमा सही ट्रया्कमा ल्याएको छु । यस क्षेत्रको युवायुवती, बयोबृद्ध, बिभिन्न क्षेत्रमा स्थापीत भएका व्यक्तिहरु सबैसंग म नजिक छु, नजिक रहेर काम गरेको छु, त्यही भएर पनि यस क्षेत्रमा जतिपनि मतदाताहरु हुनुहुन्छ, उहाँहरुले राजनीतिक आस्था जुन पार्टीमा भएपनि एक भोट रिद्धी लाई दिन्छौं, भनेर वाचा गर्नुभएको छ । उहाँहरुको यो वचनले मलाई हौसला मिलेको छ, मेरो जित्ने आधार भनेको, आफ्नो जन्भुमीलाई माया गर्ने, मुलुकलाई शान्त, समृद्ध, सुशासनयुक्त र स्वाधिन मुलुक बनाउने अभियानमा आआफ्नो क्षेत्रबाट खटिनुभएका तमाम नेपालीहरु हुन, जसको प्रतिनिधिकोरुपमा म चुनावी मैदानमा होमिएको छु ।

यो चुनावी मैदानबाट आमनागरिकलाई के भन्नु हुन्छ ?

अहिले राजनीतिलाई बिकृत बनाईएको छ, यो बिकृत राजनीतिलाई सही दिशामा ल्याउनको लागि पनि हामी युवा निर्णायक तहमा पुग्नै पर्छ, म नभए हामी जस्तै युवाहरु त्यो तहमा पुग्नै पर्छ । युवाहरु भनेका देश बनाउने कर्णधारहरु हुन । तर बिडम्वन हामी युवा अहिले रोग, भोक र शोक संग लडिरहेका छौं ।

केही केही पैसाको लागि आफ्नो ऊर्जाशिल समय खाडीमा बिताईरहेका छौं । देश हामी सबैको हो । यो देश बनाउनको लागि हामी सबै युवा आफ्नै देशमा बस्नु पर्छ, आफ्नै घरमा आफन्तसंग बस्नु पर्छ, बसाल्नु पर्छ । यो पुरा गर्ने दायिव राज्यका हो, यो दायित्व पुरा गराउनको लागि राज्य संयन्त्रलाई जवाफदेही बनाउनै पर्छ, यो बनाउनको लागि हामी युवा राजनीतिमा आउनै पर्छ, त्यसको सही र एउटै गन्तव्य भनेको राप्रपा नैं हो ।

तपाईले खाली युवाहरुलाई मात्र जोड दिनु हुन्छ, समाजमा त बालक, बृद्धबद्धा सबै किसिमका नागरिकहरु हुनु हुन्छ, ति व्यक्तिहरुको लागि किन केही भन्नु हुदैन ?

हेर्नुहोस, मैले समाज भनिरहेको छु, घर भनिरहेको छ, देश भनिरहेको छु । यसमा युवा मात्र हुदैन, सबै किसिमका नागरिकहरु हुनुहुन्छ, मैले उहाँहरु सबै भनेको हुं । युवा भनेका देशका कर्णधार हुन, देश बनाउने भनेको पनि यिनै युवाहरुले नैं हो, त्यसकारण युवा शब्द बढी प्रयोग भएको मात्र हो । म पनि एउटा सच्चा नेपाली युवा हुं । नेपाली हुुनुमा मलाई गर्व छ, यही गर्व म जस्तै आम नेपालीहरुमा पनि छ ।

जो आफुलाई सच्चा नेपाली भएकोमा गर्व गर्नु हुन्छ, जसको घरमा बिहानको नित्य पुजा संगै घण्टी, बज्छ, शंख बज्छ, त्यो सच्चा नेपालीले मलाई भोट दिनु हुन्छ । धर्म भनेको आमा हो, जननी हो जुन कहिले परिवर्तन हुदैन, तर यसलाई परिवर्तन गर्न खोजिदैं छ, यो परिवर्तन बिरुद्ध राजनीतिक लडाई लड्नको लागि पनि म राजनीतिमा होमिएको हुं ।

नेपालमा अहिले पनि ८१ प्रतिशत जनता हिन्दु हुनुहुन्छ । उहाँहरु राप्रपाको साथमा हुनुहुन्छ । जो सच्चा हिन्दु हो, उ राजसंस्था पुर्नस्थापनाको पक्षमा रहेको छ । तर त्यो पुर्नस्थापनाको राजपरिवारको अघिल्लो पुस्ताबाट होईन, धिरेन्द्रबाट सुरु हुनु पर्छ । नेपाली जनतामा मेरो अनुरोध छ, मेरो आव्हान छ, मेरो आग्रह छ, सबै सबै पार्टीका नेताहरुको परिक्षण भईसकेको छ ।

उनीहरुले गरेका कामहरुबाट हामी सबै परिचित छौं, ति सबै बेथितीबाट हामी सबै परिचित छौं । यि तमाम बेथितीहरुलाई चिरेर मुलुकमा दिगो आर्थिक बिकास, समृद्धि, स्थायित्व, दिगो शान्ती र स्वाधिनता कायम राख्नको लागि राप्रपालाई राष्ट्रिय राजनीतिमा निर्णयक तहमा पुर्याउनुहोस, सबैमा मेरो आग्रह, अनुरोध छ ।

आग्रह र अनुरोध कै भरमा जनताको मन जित्न सकिन्छ र ? ऐजेण्डाहरु पनि चाहिएलान नि ?

मेलै माथि मुलुकको वर्तमान अवस्था, मुलुकमा भएका बेथितीहरुका बारेमा, बर्तमान राजनीतिका बारेमा धेरै कुरा भने । यि सबै बेथितीहरुबाट माथि उठाएर मुलुकलाई समृद्ध, सुशासनयुक्त र स्वाधिन बनाउनु नै हाम्रा ऐजेण्डाहरु हुन । यही एजेण्डाहरु लिएर हामी जनताबाट आएका हौं । जहाँसम्म राप्रपाको तर्फबाट मेरो उम्मेदवारीको कुरा छ, मैले बिकास, सुशासन र समृद्धिका लागि रिद्धी भन्ने नारा तय गरेको छु । यही नाराका साथ म जनतामाझ आएको छु । संघियताको खारेजी, भ्रष्टाचारमुक्त मुलुक निर्माण, आर्थिक क्रान्तिको लागि, निशुल्क गुणस्तरीय शिक्षा र स्वास्थ, राष्ट्रिय स्वाधिनता तथा काठमाडौं क्षेत्र नं ४ लाई देशकै व्यवस्थीत, स्वस्छ र सुरक्षित नमुना क्षेत्र बनाउनको लागि राष्ट्रिय प्रजातन्त्र पार्टीको हलो चिन्ह लिएर आफु चुनावी मैदानमा उत्रिएको हुं ।

राष्ट्रियता जोगाउने लडाई, भ्रष्टाचार मुक्त समाज बनाउने अभियान, र यस क्षेत्रको विकासको यात्रामा जोडिन मैले उम्मेदवारी दिएको हुं, । अहिले देशमा रोग, भोक र शोक छ, यि तमाम बेथितीहरुलाई चिरेर आर्थिकरुपमा आर्थिकरुपमा समृद्ध, सुशासनयुक्त र स्वाधिन मुलुक बनाउनु नै हाम्रो साझा ऐजेण्डा हो । अहिले सबै धेरैजसो नेपाली नागरिकहरु पिडामा छन, बिशेषगरी हुंदा खाने बर्गहरुको लागि यो मुलुक आर्थिकरुपमा असुरक्षित बन्दै गएको छ, युवाहरु बेरोजगार भएका छन् । केही पैसाको जोहो गर्नको लागि खाडी मुलुकमा जान बाध्य भएका छन, ति तमाम युवाहरुलाई आफ्नै देशमा रोजगार बनाउनको लागि, उनीहरुको योग्यता र क्षमताका आधारमा रोजगारीका अवसरहरु सिर्जना गर्नु नै हाम्रो ऐजेण्डाहरु हुन ।

यि सबै ऐजेण्डारु पुरा गर्न सक्ने क्षमता राप्रपा छ ? तपाईसंग छ ?

हेर्नुहोस, राज्य संयन्त्र एक्लै चल्दैन, यसका धेरै तह र तप्काहरु छन, यि हरेक तह र तप्काहरुमा राप्रपाले आफ्ना ऐजेण्डा पुरा गराउन राज्य सत्तालाई दवाव दिन्छ, निर्णायक तहसम्म त्यो आवाजलाई पुर्याउँछ ।हामी संग श्रोत छ, साधन छ, जाँगर छ भने किन हामी आफ्नो देश, परिवार छाडेर बिदेश जाने ? मेरो पहिलो ऐजेण्डा नैं रोजगारीको लागि आफ्नै देशमा काम गर्ने वातारण बनाउनु हो ।

शिक्षा र स्वास्थलाई सबैको पहुचमा पुर्याउन सकेको खण्डमा देशले छोटो समयमा नैं काचुंली फेर्न सक्छ, यसको लागि हामीले सरोकारवाला सबै निकायको समन्वयमा काम गर्न सक्छौं, अहिल पनि कति नेपाली नागरिकहरु बिरामी हुंदा रगद नपाएकै आधारमा आधा उमेरमा नैं मर्न बाध्य भएका छन् । रगतलाई सबैको पुहंच पुग्ने गरी नेटवर्क बिस्तार गर्ने र रगतको आपुर्तीको गर्नुपर्छ, यसको लागि पनि हामी काम गछौं ।

सबै क्षेत्रका युवाहरुलाई स्वरोजगार बनाउने, वेरोजगारहरुलाई सिपमूलका तालिम, सामुहिक, व्यवसाय संचालन गरी व्यरोजगार अन्त्य गरी रोजगार सृजना गर्ने, घरेलु तथा साना उद्योगहरुको बिस्तार गर्ने, उत्पादन र बजारीकरणलाई प्रभावकारी बनाई आम नागरिकको दैनिक जीवन सहज बनाउनको लागि पनि हामी काम गछौं, ।

विदेशमा आर्जन गरेको ज्ञान, शिप, दक्षताका आधारमा स्वदेश फर्केर सोही पेशा व्यवसाय गर्न प्रोत्साहन गर्ने, सरकारी एवं सामुदायीक विद्यालयको स्तर सुधार गर्ने, गुठी मार्फत विद्यालय सञ्चालन गर्ने, व्यवहारिक एवं प्रविधियुक्त शिक्षालाई प्रभावकारीरुपमा अगाडि बढाउने योजना छ । यसबाहेक शहरी क्षेत्रलाई थप विकास गर्ने, स्थानीय ज्ञान, सिप, कला र संस्कृतीलाई जर्गेना गर्ने, आफ्नो निर्वाचन क्षेत्रभित्र प्रत्येक युवाहरुलाई आफ्नो योग्यता र क्षमताका आधारमा रोजगारी दिने वातावरण हामी बनाउने छौं ।

अन्तमा के भन्नु हुन्छ ?

हेर्नुहोस, मुलुकमा अहिले धेरै बेथितीहरु छन्, समस्याहरु छन, यि सबै बेथितीहरु, समस्याहरु भनेको सिंगो मुलुक र मुलकवासीको हितलाई वेवास्ता गर्दे राज्य संयन्त्रको निर्णायक तहमा पुगेका व्यक्तिहरुबाट राजनीतिक दलहरुबाट भएको हो । अब यसबाट, यस्तो किसिमको राजनीतिक दलदलबाट हामी माथिै उठ्नै पर्छ ।

चुनाव भनेको एउटा ठुलो मौका हो, आर्थिकरुपमा समृद्ध, बिकशित, सुशासनयुक्त र स्वाधिन मुलुक बनाउन सही व्यक्ति, राजनीतिक पार्टीे छान्ने । एक चोटी छातीमा हात राखेर सोचौं, अन्य दलहरुले देश र जनताको लागि के गरे । अहिले देश र जनताको लागि सही नेतृत्व छान्ने बेला आएको छ । सबैले आफ्नो मातृभुमी, आफ्नो आमा, आफ्नो धर्म सम्झेर सही व्यक्ति र राजनीतिक पार्टी छानौं, जो हाम्रो हो, हाम्रो आफ्नै पार्टी हो, आफ्नै भुमीमा जन्मी हुर्की बढेको पार्टी हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया