‘बिजबजार भव्य उत्सव’ योजनाका मेगा बम्पर विजेता घोषणा
काठमाडौं । नेपाली ई–कमर्स कम्पनी बिजबजारले बडा दसैँ, दीपावली, नेपाल संवत्, ल्होसार, छठलगायतका चाडहरूलाई लक्षित गर्दै सञ्चालन गरेको ‘बिजबजार भव्य उत्सव’ योजनाका विजेताहरु घोषणा गरेको छ ।
कम्पनीले सिस्टममा आधारित लक्की ड्रमार्फत बम्पर उपहारका विजेताहरूको घोषणा गरेको हो । जसअन्तर्गत पहिलो बम्पर उपहार मी ६५ इन्च अल्ट्रा फोरके टिभी र मी साउण्ड बार अविशा शर्माले प्राप्त गरेकी छन् । यसैगरी दोस्रो बम्पर उपहार रियलमी–९ प्रो फाइभजीको विजेता रचना सापकोटा बनेकी छन् भने तेस्रो बम्पर उपहार सामसङ सिङ्गल डोर रेफ्रिजेरेटर १९२ लिटर सबिन श्रेष्ठले हात पारेका छन् ।
कम्पनीले यो योजना चाडबाडको उमङ्ग भव्य बिजसँग भन्ने नाराका साथ सञ्चालनमा ल्याएको थियो । जसअन्तर्गत बिजबजारले सबै वर्गका सेवाग्राहीहरूको लागि विभिन्न क्याटेगोरिजका सामान खरिद गर्दा ७८ प्रतिशत सम्म छुटसहित बम्पर उपहार समेत समावेश गरेको थियो । यस्तै कम्पनीले रोमाञ्चक र आकर्षक योजनाहरू एवं विविध उपहारहरूका साथ प्रत्येक महिनाको २० गते सञ्चालन गर्ने ‘२० मा बिज’ नामक क्याम्पेनअन्तर्गतको कात्तिक महिनाको क्याम्पेनको तयारी पनि पूरा हुनलागेको जनाएको छ ।
एन्ड्रोइड फोन प्रयोगकर्ताहरूले गुगल प्ले स्टोरमा गएर तुरुन्तै र सजिलै बिजबजार अनलाइन सपिङ एप डाउनलोड गर्न सक्नेछन् भने ल्याप–टप वा डेस्क–टपबाट बिजबजारको अनलाइन सपिङ्ग सेवा लिन चाहेमा सिधै बिजबजार डटकम टाइप गरेर पनि यो सेवा लिन सकिनेछ । नेपाली ट्रेडलाई डिजिटाइज गर्ने तथा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने दीर्घकालीन लक्ष्यका साथ ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारासहित बिजबजार सञ्चालनमा छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आज अन्तर्राष्ट्रिय श्रमिक दिवस
- डिजेल र मट्टीतेलको मूल्य घट्यो
- सरकारको नाममा गइसकेको जग्गा हडप्न दुगडसँग सेटिङ
- क्षत्रपाटीमा पत्रकार रिजालमाथि आक्रमण प्रयास
- सर्वोच्च अदालतले सिधा कुरा डटकमबाट प्रकाशित सामग्रीमा चालेको कदमप्रति नेपाल पत्रकार महासंघको गम्भीर चासो
- सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार
- तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य
- कर्णाली प्रदेश सरकार बिस्तार
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया