Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारफाइनान्स कम्पनीहरूको खुद मुनाफा घट्यो

फाइनान्स कम्पनीहरूको खुद मुनाफा घट्यो


काठमाडौं । फाइनान्स कम्पनीहरूको खुद मुनाफा घटेको छ । सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीहरूमध्ये यही कात्तिक १७ गतेसम्ममा १५ वटा फाइनान्सहरूले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेकोमा एकाधबाहेक सबैजसो फाइनान्सको खुद मुनाफा घटेको छ ।

चालू आवको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकामध्ये १२ वटा फाइनान्स कम्पनीहरूले कुल २३ करोड ४२ लाख २७ हजार सात सय ९० रुपैयाँ खुद मुनाफा कमाएका छन् । यी फाइनान्सहरूले कमाएको यो नाफा गत आवको सोही अवधिको तुलनामा ५२ करोड १३ लाख रुपैयाँले कम हो । गत आवको सोही अवधिमा भने यी फाइनान्सहरूको यस्तो नाफा ७५ करोड ५५ लाख २८ हजार रुपैयाँ थियो ।

चालू आवको पहिलो त्रैमासिकमा सबैभन्दा बढी नाफा कमाउने पाँचवटा फाइनान्स कम्पनीहरूमा मञ्जुश्री, गुडविल, आईसीएफसी, गोर्खाज र प्रोग्रेसिभ फाइनान्स परेका छन् । यी फाइनान्सहरूको खुद मुनाफा क्रमशः सात करोड ११ लाख ३७ हजार, तीन करोड ८४ लाख २३ हजार, तीन करोड ३४ लाख ५८ हजार, तीन करोड ३३ लाख १४ हजार र दुई करोड २९ लाख ३१ हजार रुपैयाँ छ । गत आवको सोही अवधिमा भने यी फाइनान्सहरूको यस्तो नाफा दुई करोड ८६ लाख ९३ हजार, सात करोड ११ लाख ८८ हजार, चार करोड ७६ लाख ५२ हजार, एक करोड ६५ लाख ७० हजार र तीन करोड ३६ लाख ७४ हजार रुपैैयाँ रहेको थियो ।

सेन्ट्रल, नेपाल र बेष्ट फाइनान्सले भने चालू आवको पहिलो त्रैमासिकमा क्रमशः ९३ लाख ६६ हजार, ८१ लाख ७९ हजार र ५९ लाख ३३ हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा यी फाइनान्सहरूले क्रमशः एक करोड ३६ लाख ४८ हजार, ३५ लाख २५ हजार र १२ करोड ११ लाख ६० हजार रुपैयाँ खुद मुनाफा कमाएका थिए ।

पोखरा, श्री इन्भेष्टमेन्ट र गुह्येश्वरी मर्चेन्ट फाइनान्सले भने चालू आवको पहिलो त्रैमासिकमा क्रमशः ४६ लाख ९० हजार, ४१ लाख दुई हजार र २२ लाख ७२ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा यी फाइनान्सहरूले क्रमशः १२ लाख ९७ हजार, ३९ करोड ९७ लाख २० हजार र एक करोड ५७ लाख ४६ हजार रुपैयाँ खुद मुनाफा कमाएका थिए । क्षेत्रीयस्तरको मल्टिपर्पस फाइनान्स भने चालू अबको पहिलो त्रैमासिकमा चार लाख १८ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।

गत आवको सोही अवधिमा उक्त फाइनान्सको यस्तो नाफा एक लाख ५२ हजार रुपैयाँले ऋणात्मक थियो । यसैगरी जानकी फाइनान्सले पनि चालू आवको पहिलो त्रैमासिकमा २४ लाख १९ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा जानकीको यस्तो नाफा दुई करोड ७९ लाख ४५ हजार रुपैयाँ रहेको थियो ।

चालू आवको पहिलो त्रैमासिकमा समृद्धि फाइनान्सले भने खुद नोक्सानी व्यहोरेको छ । गत आवको पहिलो त्रैमासिकमा २६ लाख ५२ हजार रुपैयाँ खुद मुनाफा कमाएको समृद्धिले चालू आवको पहिलो त्रैमासिकमा तीन करोड १४ लाख ६३ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको हो । रिलायन्स फाइनान्सले पनि चालू आवको पहिलो त्रैमासिकमा खुद नोक्सानी व्यहोरेको छ । गत आवको पहिलो त्रैमासिकमा दुई करोड १९ लाख २४ हजार रुपैयाँ खुद मुनाफा कमाएको रिलायन्सले चालू आवको पहिलो त्रैमासिकमा भने चार करोड २५ लाख ३८ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया