बझाङ । बझाङमा सत्ता गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् । जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी निर्वाचित भए । उनले नेकपा एमालेका ऐन महरलाई नौ सय ९८ मतले पछि पार्दै जित हात पारेका हुन् ।
जोशीले २८ हजार एक सय ४३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी महरले २७ हजार एक सय ४५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । मंगलबार साँझबाट सुरु भएको मतगणनामा बुधबार राति १२ बजे प्रतिनिधिसभाको अन्तिम मत परिणाम सार्वजनिक भएको थियो । निवार्चित जोशी यसअघि एक पटक प्रतिनिधिसभा सदस्य, एक पटक संविधानसभा सदस्य र एक पटक वनमन्त्री भइसकेका छन् । नेकपा एमालेबाट गत वर्षमात्रै पार्टी परिवर्तन गरेका जोशी नेकपा एसका स्थायी समिति सदस्य हुन् ।
बझाङ जिल्लाबाट प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह निर्वाचित भएका छन् । उनले नेकपा (एमाले)का अफिलाल ओखेडालाई तीन हजार सात सय ७६ मतको अन्तरले पराजित गरेका हुन् । मत गणनाको सुरुदेखि नै अग्रता लिएका सिंहले १७ हजार एक सय १२ मत प्राप्त गर्दा ओखेडाले १३ हजार तीन सय ३६ मत ल्याएका थिए । निर्वाचित सिंह नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति हुन् । यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा पनि गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रबाट भिम भन्डारी निर्वाचित भएका छन् । उनले नेकपा (एमाले)का एलबी रावललाई दुई हजार पाँच सय ४२ मतको अन्तरले पराजित गरेका हुन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया