सानिमा बैंकको मुद्दती निक्षेप कर्जा आवेदन अनलाइनबाटै
काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरूका लागि मुद्दती निक्षेप कर्जाको आवेदन अनलाइनमार्फत दिन सकिने व्यवस्था गरेको छ । उक्त सेवा प्रयोग गर्न ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइटमा अप्लाई लोनमा क्लिक गरी आवश्यक विवरणहरू भरेपछि मुद्दती निक्षेप कर्जाका लागि आवेदन दिन सक्नेछन् ।
अनलाइनबाट आवेदन दिएको मुद्दती निक्षेप कर्जा, मुद्दती रकमको बढिमा ९५ प्रतिशत वा अधिकतम पाँच लाखमध्ये जुन कम हुन्छ, उक्त रकम तुरुन्तै प्राप्त गर्न सक्नेछन् । हाल बैंकले रेमिट्यान्स मुद्दतीमा १३ दशमलव ५१ प्र्रतिशत मुद्दतीमा १२ दशमलव १३ प्रतिशत रेमिट्यान्स बचत खातामा १० दशमलव १३ प्रतिशत र बचत खाताहरूमा नौं दशमलव १३ प्रतिशतसम्मको व्याजदर प्रदान गर्दै आइरहेको छ । बैंकको सातै प्रदेशमा एक सय ३० वटा शाखा कार्यालयहरू र एक सय २३ वटा एटीएम काउन्टरहरू सञ्चालनमा रहेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया