पाँच सयभन्दा बढी युक्रेनी इलाकाहरू ऊर्जाविहीन
किभ । बढ्दो पूर्वाधार हवाइ हमलापछि आइतबार पाँच सयभन्दा बढी युक्रेनी इलाकाहरू बिजुलीविहीन बनेका छन् ।
‘शत्रुले देशको अत्यावश्यक पूर्वाधारमा आक्रमण जारी राखेको छ । हाल हाम्रो देशका आठ क्षेत्रका पाँच सय सात स्थानमा विद्युत् आपूर्ति बन्द गरिएको छ’, उप–आन्तरिक मन्त्री येभगुनी येनिनले युक्रेनी टेलिभिजनलाई बताएका छन् ।
खार्किभ क्षेत्रमा रुसको आक्रमणबाट छुट्टिएका एक सय १२ गाउँहरू ऊर्जा संकटबाट सबैभन्दा बढी प्रभावित छन् । युक्रेनी अधिकारीहरू, माइकोलाइभ क्षेत्रका गभर्नर भिटाली किमलगायतले एक पटक फेरि नागरिकहरूलाई जाडोको सुरुवातीतिर नै अवस्था लगातार बिग्रिँदै गएको र नियमित बिजुली कटौतीको सामना गर्नुपर्ने अवस्था आएकाले त्यसका लागि तयार हुन आग्रह गरेका छन् ।
बारम्बार दैनिक बिजुली कटौतीले लाखौँ मानिसहरूलाई ऊर्जाविहीन भएका छन् । यहाँको बाहिरी तापक्रम हालका दिनहरूमा शून्य सेल्सियस (३२ फरेनहाइट) भन्दा तल झरेको छ । साथै विद्युतीय आपूर्तिको समस्याले विभिन्न किसिमका नेटवर्कमा समस्या थपिएको छ । जारी युद्ध दशौँ महिनामा प्रवेश गरेको छ । स्थिति भयावह छ ।
निजी युक्रेनी ऊर्जा सञ्चालक डीटीईकेले बिहीबार रुसले अक्टोबरमा युक्रेनी ऊर्जा सुविधाहरूलाई निशाना बनाउन थालेपछि युक्रेनको लगभग आधा बिजुली आपूर्ति बिग्रिएको बताएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया