प्रधानमन्त्री ओलीलाई हात समातेर हिँडाउन थालियो
काठमाण्डौं,फागुन २६
प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पतालको चिकित्सकको टोलीले हात समातेर हिँडाउन थालेको छ । मिर्गाैला प्रत्यारोपणको पाँचौँ दिन आइतबार नियमित सन्तुलित आहार पनि दिन थालिएको छ । त्रिवि शिक्षण अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधारका लक्षण देखापरेको समेत जनाएको छ ।
आइतबार अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गाले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीलाई हिँड्डुल गराउन र सन्तुलित आहार दिन थालिएको बताएका हुन् । अस्पतालका अनुसार ओलीको भाइटल तथा ल्याब सामान्य रहेको छ । प्रधानमन्त्री ओलीलाई मिर्गाैला दान दिने भाञ्जी समीक्षा सङ्ग्रौलाको स्वास्थ्यावस्था पनि राम्रो हुँदै गएको अस्पतालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया