सानिमा बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा मोबाइल बैंकिङ योजना
काठमाडौं । सानिमा बैंकले यही मंसिर २१ गते १८औँ वार्षिकोत्सव मनाउँदै छ । यस अवसरमा बैंकले एफ वान सफ्टसँग सहकार्य गरी आफ्ना ग्राहकहरूका लागि मोबाइल बैंकिङ योजना सार्वजनिक गरेको छ ।
बैंकका अनुसार उक्त योजनाअन्तर्गत १८ जना जोडीले सौराहा भ्रमणको अवसर प्राप्त गर्न सक्नेछन् । भ्रमणका लागि योग्य हुन ग्राहकहरूले मोबाइल बैंकिङबाट पाँचवटा विभिन्न कारोबारहरू गर्नुपर्ने हुन्छ । उक्त कारोबारहरू दुई सय रुपैयाँभन्दा बढी र कम्तीमा एउटा टपअप समावेश हुनुपर्नेछ । ग्राहकहरूले मोबाइल बैंकिङ एप प्रयोग गरी टपअप, फन्ड ट्रान्सफर, लोड वालेट, क्यूआर पेमेन्ट, युटिलिटी पेमेन्ट आदिजस्ता कारोबारहरू गर्न सक्नेछन् । यो योजना यही मंसिर २१ देखि पुस ९ गतेसम्म १८ दिनका लागू हुनेछ । योजना अवधिभर ग्राहकहरूले सानिमा मोबाइल बैंकिङमार्फत गरेका कारोबारहरूलाई समावेश गरिनेछ ।
यो योजनाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गरी दीर्घकालीन रूपमा नगदको प्रयोग घट््ने बैंकको विश्वास छ । बंैकको हाल देशका सातै प्रदेशमा एक सय ३० वटा कार्यालय तथा एक सय २३ वटा एटीएम काउन्टरहरू सञ्चालनमा रहेका छन् ।
सानिमा बैंकको शैक्षिक कर्जा प्रमाणीकरण क्यूआर कोडबाट
सानिमा बैंकले नेपालमै पहिलो पटक क्यूआर कोड समाहित शैक्षिक कर्जा स्वीकृतिपत्र प्रयोगमा ल्याएको छ । विदेशी शैक्षिक संस्थामा अध्ययन गर्न जाँदा विद्यार्थीहरूले लिने शैक्षिक कर्जाको प्रमाणीकरण बैंकले विभिन्न निकायहरूमा गर्नुपर्ने हुन्छ । त्यसैले, यो प्रक्रियालाई सरल र छिटो गर्ने उद्देश्यले क्यूआर कोडसहितको कर्जा स्वीकृतिपत्र सानिमा बैंकले ल्याएको छ ।
हाल कर्जा स्वीकृति पत्रको प्रमाणीकरण विभिन्न निकायहरूबाट पटक–पटक फोन वा इमेलमार्फत हुँदै आएकोमा अब उप्रान्त कर्जा स्वीकृतिपत्रमा उल्लिखित क्यूआर कोड स्कयान गरी बैंकको आधिकारिक वेबसाइटमार्फत विश्वको कुनै पनि स्थानबाट केही क्षणमा नै कर्जा प्रमाणित गर्न सकिनेछ । यो प्रविधिले विद्यार्थीको भिसा प्रक्रिया सरल र छिटो गर्न पनि सहयोग मिल्नेछ । सानिमा शैक्षिक कर्जा बैंकका सबै शाखाहरूबाट उपलब्ध हुनेछ । बैंकले अधिकतम एक करोडसम्म आकर्षक ब्याजदरमा १५ वर्षसम्मको कर्जा प्रदान गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
- १९ सय ७४ बिन्दुमा खुम्चियो सेयर बजार
- प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा दुई घाइते
- वसन्तपुर क्षेत्रको अवलोकन गर्दै जापानी विदेशमन्त्री खामिखावा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया