खोटाङ फागुन २७
जिल्लाको उत्तरी क्षेत्रको केपिलासगढी गाउँपालिकालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने गरी हुर्लुङ–जालपा–बाक्सिला सडकखण्डअन्तर्गत तापखोलामा पक्की पुलको काम तीव्र पारिएको छ । गाउँपालिकाकै तीन करोड ८३ लाख २६ हजार रुपैयाँको लगानीमा उक्त पुल निर्माण कार्य सुरु गरिएको हो । उक्त पुल निर्माण दुई वर्षभित्र सक्ने लक्ष्य राखिएको छ । केपिलासगढी गाउँपालिका–५ सप्तेश्वर र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीको सिमानामा पर्ने सो खोलामा निर्माणाधीन सो पुल २५ मिटर लम्बाइको छ । उत्तरी क्षेत्रका स्थानीयवासीको प्रमुख व्यापारिक केन्द्र बाक्सिलाबजार जोड्ने पुल निर्माणको जिम्मा सूर्य कन्स्ट्रक्शन प्रालिले वि.सं. २०७५ फागुन १ गतेदेखि लिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल राईले जानकारी दिए ।
पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि गाउँपालिकामा विकास निर्माणको वातावरण बन्ने गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताए तापखोलामा पुल नहुँदा गाउँपालिकाको सिङ्गो विकास निर्माणमा असर पुगेको उनले बताए । गाउँपालिकाका लागि चुनौतीका रूपमा रहेको तापखोलामा निर्माणाधीन पक्की पुललाई प्रमुख प्राथमिकतामा राखेर काम गर्ने योजना बनाएको उनले जानकारी दिए । पुल बन्न लागेकामा स्थानीयवासी हर्षित भएका छन् । सात वर्षअघि विसं २०६९ मा हुर्लुङ–जालपा–बाक्सिला (३० किलोमिटर) सडक खुले पनि बीचमा पर्ने सो खोलामा पुल नहुँदा वर्षायाममा सडक अवरुद्ध हुने गरेको छ । उक्त गाउँपालिका जोड्ने सबैभन्दा छोटो दूरी दिक्तेल–खार्मी–बास्पानी–बाक्सिला सडक निर्माण गरिए पनि हुर्लुङ–जालपा–बाक्सिला सडक बढी उपयोगमा छ ।
दश स्थानीय तह रहेको जिल्लाका सबै स्थानीय तह राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन् । कच्ची अवस्थामा सञ्चालन हुँदै आएको सबै सडक वर्षा लागेसँगै पक्की पुल अभावमा करिब छ महिना अवरुद्ध हुने गरेको छ । हिउँदमा मात्र सञ्चालन हुने सडकलाई बाह्रै महिना सञ्चालनमा ल्याउन सबै स्थानीय तहले पहल थालेका छन् । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने दिप्रुङ चुइचुम्मा गाउँपालिकाले पनि आफ्नै लगानीमा साप्सुखोलामा पक्की पुल निर्माण सुरु गरेको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया