दोलखा । जिल्लाको बैतेश्वर गाउँपालिका वडा नम्बर ४ को एउटा सिङ्गो गाउँ नै व्यावसायिक गोलभेडा खेतीमा सक्रिय रहेका छन् । यहाँका स्थानीयले वर्षाैदेखि व्यावसायिकरूपमा गोलभेँडा खेती गर्दै आएका हुन् । पालिकाको वडा नम्बर ४ को काब्रे उनियाचौर गाउँका १८ घरधुरी घरपरिवारले परम्परागत खेती प्रणालीलाई त्यागेर व्यावसायिक गोलभेँडा खेतीमा लागेपछि यस गाउँलाई धेरैले गोलभेँडाको गाउँ भनेर चिन्न थालेका छन् ।
समुद्रीसतहदेखि एक हजार छ सय ८९ मिटर उचाइमा रहेको उनियाचौर गाउँका स्थानीयले यसवर्षको पहिलो सिजनमा फलाएको गोलभेँडा बेच्न भ्याइसकेका छन् । १६ वर्षअघि २०६३ सालदेखि नियाचौर गाउँमा चन्द्र बहादुर दाहाल र शिव दाहालले पहिलो पटक गोलभेँडाको खेती सुरु गरेका थिए । त्यसयता गाउँका एकपछि अर्को किसानले खेती गर्न थालेका हुन् । अहिले यहाँको सिङ्गो गाउँ नै गोलभेँडा खेतीको थलो बनेको छ । सोही गाउँका गोलभेडा कृषक गोरे सार्कीका अनुसार यहाँका सबै किसानको बारीमा गोलभेँडाको टनेल छ । उनले भने अन्य कृषकको भन्दा थोरै गोलभेँडा लगाएको बताए । उनले घरमाथिको पाखोबारीमा छवटा गोलभेडाको टनेल हालेका छन् । घरखर्च चलाउने आम्दानीको प्रमुख स्रोत गोलभेँडा नै बनाएको उनले बताए ।
उनका अनुसार गाउँका १८ घरपरिवारका दुई सय १७ वटा गोलभेँडाको टनेल रहेका छन् । सुरुमा सो गाउँमा चन्द्र बहादुर दाहाल र शिव प्रसाद दाहाल दाजुभाइको गोलभेडा खेतीमा प्रतिस्पर्धा नै हुने गथ्र्यो । तर पछि गाउँमा एकपछि अर्कोले खेती गर्दै गएपछि सिगो गाउँ नै गोलभेँडाको गाउँ बन्न पुगेको कृषक शिव दाहाल बताउँछन् । सुरु–सुरुमा गाउँका कतिपय किसानले स्थानीय सहकारीबाट सहुलियत ऋण लिएर समेत गोलभेँडा खेतीमा लागेका थिए । अहिले गोलभेँडाले नै आफूहरुलाई आत्मनिर्भर बनाएको उनीहरुको भनाइ छ । दाहालका अनुसार उनियाचौरको माथिल्लो र तल्लो क्षेत्रमा लगाइएको गोलभेँडाबाट सिजनमा एक करोडभन्दा माथिको कारोबार हुनेगरेको छ ।
गाउँमा उत्पादन भएको गोलभेडा बिक्री गर्न बजार अभाव भएपछि तराईका जिल्लामा समेत बैतेश्वर काब्रेको गोलभेँडा पुग्ने गरेको छ । गाउँमा उत्पादन गरिएको धेरैजसो गोलभेँडा स्थानीय बजारमा मात्रै खपत नहुने भएकाले यहाँका व्यवसायीले बाहिरी जिल्लाका व्यापारीलाई गाउँमै गोलभेँडा लिन बोलाउने गरेका छन् । स्थानीय बजारमा गोलभेडा बिक्री गर्न सहज नहुँदा बजार मूल्यभन्दा सस्तोमा अन्यत्र पठाउनुपर्ने बाध्यता रहेको यहाँका किसानहरुले बताएका छन् । यहाँका किसानले आफूलाई व्यस्त राख्न गोलभेँडाबाहेकको अन्य बेमौसमी तरकारी खेती गर्दै आएका छन् । यो समय गाउँमा गोलभेँडा, साग, काउली, मुला, लसुन तथा आलुखेतीले गाउँ नै हरियाली देखिएको छ ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी
- सुन्तला बेचेर रु २१ करोड भित्रियो
- काठमाडौँ बन्यो विश्वकै पहिलो प्रदूषित सहर
- बुवाँखोलाको पानी लिफ्टिङ गरेर जन्तेढुङ्गामा निकालिने
- सोलुखुम्बुमा डढेलोले दश घर जल्नुका साथै दर्जनौँ पशुचौपाया हताहत
- पाेखराको बिजुली पसलमा आगलागी, सवा करोडको क्षति
- सूचना प्रविधिको विकासमा क्रियाशील व्यक्ति तथा संस्था पुरस्कृत
- प्रमुख आयुक्तद्वारा राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया