तेन्जिङहिलारी विमानस्थलमा हेल्थ डेस्क स्थापना
महेन्द्र शाही
सोलुखुम्बु, फागुन २८
कोरोना भाइरसको सम्भावित जोखिमप्रति ध्यान दिँदै तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हेल्थ डेस्कको स्थापना गरिएको छ । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले विमानस्थलमा हेल्थ डेस्क स्थापना गरेर यात्रुको स्वास्थ्य परीक्षण गर्न सुरु गरेको हो । शनीबारदेखि सञ्चालन गरिएको हेल्थ डेस्कमा बिहान ५ बजेदेखिनै दुई जना स्वास्थ्यकर्मी खटिएको विमानस्थलका प्रमुख इमानाथ अधिकारीले जानकारी दिए । हेल्थ डेस्कमा शंकास्पद बिरामी फेला परेमा थप अनुसन्धान र उपचारका लागि काठमाडौँ पठाइने गाउँपालिकाले जनाएको छ । अहिले गाउँपालिकामा बिरामी नदेखिएको भए पनि सतर्कता अपनाउन डेक्स स्थापना गरिएको जनाइएका छ । विदेशीहरू आउने भएकाले त्यसतर्फ लक्षित गरी डेक्स स्थापन गरिएको आउँपालिकाको भनाइ छ ।
पर्यटकीय क्षेत्र भएकाले विमानस्थलमार्फत खुम्बु भित्रिने पर्यटकस्वास्थ्य परीक्षण गर्नका लागि हेल्थ डेक्सको स्थापना गरेको प्रमुख प्रसाशकीय अधिकृत विनोद भटराईले बताए । अहिले दैनिक करिब ५० जनाको स्वास्थ्य परीक्षण गरिएको गाउँपालिकाले जनाएको छ । हाल खुम्बु क्षेत्रमा पर्यटकीय सिजन सुरुभएपनि कोरोनाकै कारण चहलपहल कम छ । हाल दैनिक ५० देखि ६० जनासम्म पर्यटक खुम्बु क्षेत्रको भ्रमणमा आउनेगरका छन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमनस्थलबाट हवाई मार्ग हुँदै सगरमाथा क्षेत्र घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटक तेञ्जिङ हिलारी विमानस्थल लुक्ला आउँछन् ।
सगरमाथा राष्ट्रिय निकुञ्जसमेत रहेको यस क्षेत्रमा वर्षेनी हजाराँै पर्यटकले खुम्बु भ्रमण गर्नेगरेका छन् । यस क्षेत्रका मानिसहरूको मुख्य आम्दानीको स्रोतनै पर्यटन हो । तर, यस वर्ष कोरोनाका कारण पर्यटन क्षेत्रमा ठूलो असर परेकाले व्यवसायी चिन्तित छन् । करोडौँ लगानी गरेर पर्यटकलक्षित होटलपसल सञ्चालन गरेको भएपनि पर्यटक नआउँदा आफूहरू चिन्तित बनेको नाम्चेका होटलव्यवसायी लामाकाजी शेर्पाले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
- १९ सय ७४ बिन्दुमा खुम्चियो सेयर बजार
- प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा दुई घाइते
- वसन्तपुर क्षेत्रको अवलोकन गर्दै जापानी विदेशमन्त्री खामिखावा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया