बैंकिङ क्षेत्रमा निक्षेप र कर्जा खाता बढे
सुरेश राउत
काठमाडौं, फागुन २९
नेपाली बैंकिङ क्षेत्रमा निक्षेप तथा कर्जा खाताको संख्याको बढेको छ । सरकारले वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यसहित सबै नेपालीको बैंक खाता अभियान सञ्चालन गरेपश्चात् निक्षेप तथा कर्जा खाता दुवैको संख्या बढेको छ । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्म २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी २४ वटा विकास बैंक र २२ वटा फाइनान्स कम्पनीहरु सञ्चालनमा रहेका छन् । ती संस्थाहरुमा कुल तीन करोड ११ लाख १२ हजार एक सय ९४ वटा निक्षेप खाता सञ्चालन हुँदा कर्जा खाताको संख्या १४ लाख ९८ हजार चार सय ६७ मात्र रहेको छ । यस अवधिमा वाणिज्य बैंकहरुमा मात्र दुई करोड ५६ लाख १९ हजार नौ सय ४९ वटा निक्षेप खाता सञ्चालनमा रहँदा कर्जा खाताको संख्या भने ११ लाख १३ हजार सात सय १९ रहेको छ ।
विकास बैंकहरुमा भने यस अवधिमा ४८ लाख ५५ हजार आठ सय ७२ वटा निक्षेप खाता सञ्चालनमा रहँदा कर्जा खाताको संख्या भने तीन लाख ३९ हजार नौ सय ८८ वटा मात्र रहेको छ । चालू आवको पछिल्लो छ महिनामा छ लाख ३६ हजार तीन सय ७३ वटा निक्षेप खाता सञ्चालनमा रहेकोमा कर्जा खाताको संख्या भने ४४ हजार सात सय ६० वटा मात्र रहेको छ ।
राष्ट्र बैंकका अनुसार गत आवको सोही अवधिमा बैंकिङ क्षेत्रमा दुई करोड ५६ लाख ५८ हजार तीन सय ८७ वटा निक्षेप खाता सञ्चालनमा रहेकोमा कर्जा खाताको संख्या १३ लाख ६० हजार तीन सय १४ वटा रहेको थियो । उक्त अवधिमा वाणिज्य बैंकहरुमा मात्र दुई करोड नौ लाख ७८ हजार दुई सय ६१ वटा निक्षेप खाता सञ्चालनमा रहेकोमा कर्जातर्फ नौ लाख ८७ हजार नौ सय ४२ वटा खाता सञ्चालनमा रहेका थिए । यसैगरी विकास बैंकतर्फ पनि ४१ लाख २७ हजार आठ सय १८ वटा निक्षेप खाता सञ्चालनमा रहेकोमा कर्जातर्फ तीन लाख ३१ दुई सय ३३ वटा खाता सञ्चालनमा रहेका थिए । फाईनान्स तर्फ भने गत आवको छ महिनामा पाँच लाख ५२ हजार तीन सय आठ वटा निक्षेप खाता सञ्चालनमा रहेकोमा कर्जा तर्फ ४१ हजार एक सय ३९ वटा खाता सञ्चालनमा रहेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी
- महिला चेम्बरद्वारा संस्थापक अध्यक्ष शाक्यलाई सम्मान
- ‘ग्रिल तथा स्टिलजन्य व्यवसायको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध’
- कर्णाली प्रदेशकै पहिलो चार तारे होटल
- एलिट क्यापिटल र रिलायन्स फाइनान्सबीच सम्झौता
- क्रेस्ट माइक्रोलाइफ र एनआईएमबी एस क्यापिटलबीच सम्झौता
- सिटिजन्स बैंकद्वारा फातिमा फाउन्डेसन नेपाललाई सिलाइ मेसिन प्रदान
- ज्योति विकास बैंकद्वारा अग्निपीडित परिवारलाई राहत सामग्री प्रदान
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया