Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालभूकम्पले ध्वस्त दुर्गम गाउँका दुईवटा विद्यालयको पुनर्निर्माण

भूकम्पले ध्वस्त दुर्गम गाउँका दुईवटा विद्यालयको पुनर्निर्माण


दोलखा । २०७२ वैशाखमा गएको विनाशकारी भूकम्पले ध्वस्त बनेका जिल्लाको दुर्गम गाउँमा रहेका दुईवटा सामुदायिक विद्यालयको पुनर्निर्माण सकिएको छ । भूकम्प गएको करिब आठ वर्ष बितेपछि विद्यालयको पुनर्निर्माण सम्पन्न भएको हो ।

जिल्लाको कालिञ्चोक गाउँपालिका वडा नम्बर–६ लापिलाङको लेप्टुङ्गमा रहेको जनज्योति माध्यमिक विद्यालय र विगु गाउँपालिका वडा नम्बर–४ लादुकमा रहेको चित्रे माध्यमिक विद्यालयको पुनर्निर्माण सम्पन्न गरी विद्यालयलाई भवन हस्तान्तरण गरिएको छ । विद्यालय भवन निर्माण कम्पनीका प्रोजेक्ट मेनेजर इन्जिनियर युधिष्ठिर केसीका अनुसार लेप्टुङको जनज्योति माध्यमिक विद्यालय भवन एसियायी विकास बैंकको आर्थिक ऋण सहयोग र नेपाल सरकारको अनुदानमा १८ कोठाका दुईवटा भवन सात करोड ४५ लाख लागतमा निर्माण सम्पन्न भएको हो । उक्त भवन निर्माणको लागि एसियायी विकास बैंकको ७४ दशमलव ९ प्रतिशत सहुलियत ऋण सहयोग र नेपाल सरकारको २४ दशमलव ६५ प्रतिशत अनुदान सहयोग उपलब्ध गराएको थियो ।

नवनिर्मित दुईवटा पक्की विद्यालय भवनसँगै निर्माण कम्पनीले विद्यालयको घेराबार, शौचालय, खानेपानी, सोलार, फर्निचरलगायतका संरचना निर्माणसम्पन्न गरी सोमबार एक कार्यक्रमका बीच विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको जनज्योति माध्यमिक विद्यालयका प्रध्यानध्यापक गणेश कार्की जानकारी दिए । नवनिर्मित विद्यालय भवनको साँचो जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगबहादुर थापालाई हस्तान्तरण गरेका थिए । लापिलाङका ६० प्रतिशत थामी समुदायका बालबालिका पढ्ने उक्त विद्यालय भवन निर्माण भएसँगै सो वडाका विद्यार्थीलाई अस्थायी भवनमा बसेर पढ्नुपर्ने बाध्यता हटेको कालिञ्चोक गाउँपालिका वडा नम्बर–६ का वडा अध्यक्ष भरत पाण्डेले बताए । वडा अध्यक्ष पाण्डेले विद्यालयलाई भवन हस्तान्तरण कार्यक्रमको अवसर पारेर कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीलाई स्कुल डे«सको लागि २१ हजार रूपैयाँ आर्थिक सहयोग समेत गरेका छन् ।

यसैबीच सोमबार नै एसियायी विकास बैंक एडीबीको ऋण सहयोग र नेपाल सरकारको अनुदानमा निर्माणसम्पन्न भएको जिल्लाको अर्को दुर्गम गाउँमै रहेकोे विगु गाउँपालिका वडा नम्बर–४ लादुकको चित्रे माध्यमिक विद्यालयको पनि भवन हस्तान्तरण गरिएको छ । उक्त विद्यालयको भवन पनि जिल्ला समन्वय समितिका प्रमुख बर्जुराम घतानि र विगु गाउँपालिका अध्यक्ष सन्जिव वलीको उपस्थितिमा विद्यालयलाई भवन हस्तान्तरण गरिएको थियो । तीन करोड ६१ लाख रूपैयाँको लागतमा विद्यालय निर्माण भएको हो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया