न्युटी फुड्स र गोमती फ्लोर मिल्सद्वारा मैदाको व्यापक मूल्यवृद्धि
विराटनगर । भारत सरकारले गहुँ आयातमा प्रतिबन्द गरेपछि सुनसरी मोरङ औद्योगिक करिडोरमा सञ्चालित अधिकांश मैदा उद्योगहरु बन्दप्राय छन् । यसको मौका छोपेर यहाँ सञ्चालित दुईवटा मैदा उद्योगहरुले भने मैदामा भारी मूल्यवृद्धि गरेको पाइएको छ ।
स्रोतका अनुसार करिडोरको न्युटी फुड्स र गोमती फलोर मिल्सले सेटिङमा गहुँको आयात गरी मैदा उत्पादनलाई निरन्तरता दिइरहेका छन् । मैदा उद्योगी एवं व्यापारी प्रदिप सारडा र हरीवंश राठीले गहुँको हाहाकार हुँदा समेत मैैदा उत्पादनलाई निरन्तरता दिइरहेका हुन् । साथै उनीहरुले मैदाको मूल्य दुई गुणाभन्दा बढी बढाएका छन् । प्रतिमेट्रिक टन चार हजार आठ रुपैयाँको भाउमा कारोबार हुँदै आएको मैदाको मूल्य हाल दुवै उद्योगले नौ हजार दुई सय रुपैयाँको मूल्य निर्धारण गरेका छन् । सुनसरी मोरङ औद्योगिक करिडोरमा आठवटा मैदा उद्योग सञ्चालन हुँदै आएकामा पछिल्लो समय यी नै दुईवटा उद्योग मात्रै सञ्चालनमा छन् । गहुँको आयात भारत सरकारले बन्द गरेपछि करिडोरमा रहेका अन्य उद्योगहरु बन्द भएका हुन् ।
गहुँको हाहाकार भएसँगै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्ममा सञ्चालनमा रहेका मैदा उद्योगहरुमध्ये अहिले वीरगञ्जमा ऋद्धिसिद्धि ग्रुपबाट सञ्चालित मैदा उद्योगको एकलौटी बजार रहेको छ । अहिले उसैको नेतृत्वमा मैदा उद्योगीहरुले नयाँ समुह समेत बनाएका छन् । सो समूहमा बस्नका लागि प्रत्येक उद्योगीले सातदेखि आठ लाख रुपैयाँ अग्रीम बुझाउनुपर्ने बताइन्छ । उक्त उद्योगीको समूहले गहुँको हाहाकारमा पनि सेटिङबाट गहुँको आयात गरेर आफ्ना उद्योगहरुमा वितरण गर्नेगरेका छन् । उनीहरुले राजस्व अनुसन्धान विभागदेखि प्रहरी प्रशासन, भन्सार सबैलाई सेटिङमा मिलाएर गहुँ आयात गर्ने गरेका छन् । निश्चित समूहले गहुँको आयोत गरेर मैदामा भारी मूल्य वृद्धि गर्दा समेत राजस्व अनुसन्धान कार्यालय सुनसरी भने बेखबरजस्तै छ ।
निर्वाचन आचारसंहिता लागेका बेला शक्ति केन्द्रको आशिर्वादले सरुवा भई राजस्व अनुसन्धान सुनसरीको जिम्मेवारी सम्हाल्न आइपुगेका खेम ओझाले मैदा हाहाकार हुँदा खुलेयाम अवैध बाटो भएर आएको गहुँ नियन्त्रणमा कुनै चासो नदिएको स्थानीय सरोकारवाला बताउँछन् । यस सम्बन्धमा प्रमुख अनुसन्धान अधिकृत ओझालाई सम्पर्क गर्दा उनीसँग सम्पर्क हुन सकेन ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया