टेस्ला ट्विट मुद्दामा इलोन मस्कलाई सफाइ
अमेरिका । टेस्लाका सहसंस्थापक इलोन मस्कले एक विवादित ट्विट प्रकरणमा परेको मुद्दामा सफाइ पाएका छन् । विद्युतीय कार कम्पनी टेस्लालाई निजी कम्पनीमा रुपान्तरण गर्न लगानी जुटाएको भन्दै सन् २०१८ अगस्टमा उनले ट्विट गरेका थिए ।
त्यसले सेयरधनीलाई ढाँटेको र अर्बौँ डलर गुमाउनुपरेको भन्दै परेको आफूविरुद्धको मुद्दामा मस्क निर्दोष साबित भएको बीबीसीले जनाएको छ । प्रस्तावित ७२ अर्ब डलरको किनबेच भौतिक रुपमा भने देखिएन । यदि उनी दोषी पाइएका भए उनले अर्बौँ डलर तिर्नुपर्ने हुन्थ्यो । गत शुक्रबार नौवटा न्यायाधीशको समूहले मस्कलाई सफाइ दिएको हो । मस्कले यो मुद्दालाई कम्पनी रहेको राज्य टेक्ससमै लैजान चाहेका थिए । उनले सन फ्रान्सिस्कोमा आफूले न्याय नपाउने बताउँदै आए पनि अहिले अदालतको यो फैसलालाई स्वागत गरेका छन् ।
सन् २०१८ अगस्ट ७ मा उनले ४२० अमेरिकी डलर प्रतिकित्ता सेयर मूल्यमा कम्पनीलाई प्राइभेट बनाउनेबारे सोचिरहेको र यसको लगानी समेत सुरक्षित भएको बताएका थिए । त्यसयता टेस्लाका सेयरको मूल्य ह्वात्तै बढेको थियो । पछि त्यही दिन सेयर घट्न पुगेको थियो । सो क्रममा लगानीकर्ताहरुले १२ अर्ब डलरसम्म गुमाएको बताइएको थियो । सेयर किनबेचमा संलग्नहरुले ट्विटकै आधारमा कारोबार गरेको बताएका थिए ।
अमेरिकी धितोपत्र विनिमय आयोग (एसईसी)ले उनीविरुद्ध यही प्रकरणमा मुद्दा हालेको थियो । उनले लगानीकर्तालाई ढाँटेको मुद्दामा आरोप लगाइएको थियो । तीन हप्ता लामो सुनुवाइका क्रममा मस्कले साउदी अरेबियाबाट उक्त सम्झौताका लागि मौखिक प्रतिबद्धता आएको बताएका थिए । सो क्रममा उनले आफूले ट्विट गरेकै भरमा कारोबार गर्न नहुने वकालत गरेका थिए । एजेन्सी
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
- भारतले हटायो प्याज निर्यात प्रतिबन्ध
- काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्झौता
- ‘सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौँ’
- हिमालयन बैंकद्वारा पर्सा प्रहरीलाई सहयोग
- नेपाल लाइफले मनायो २३औँ वार्षिकोत्सव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया