वैतेश्वरमा ७० प्रतिशत घटना न्यायिक समितिले नै मिलाउन सफल
सुबास बस्नेत
दोलखा, चैत ४
वैतेश्वर गाउँपालिकाको न्यायिक समितिले तीन वर्षमा एक सय पाँचवटा स्थानीय विवादका निवेदन आएकामा करिब ८० भन्दा बढी घटना पालिकामै मिलाउन सफल भएको छ । न्यायिक समितिले पछिल्लो समय गाउँघरमा हुने सामान्य घटनाहरूलाई गाउँमै मिलाउन सफल भएका छन् ।
जिल्लाको वैतेश्वर गाउँपालिकामा चालू वर्षको फागुन मसान्तसम्ममा एक सय पाँचवटा घटना दर्ता भएकामा ७० प्रतिशत घटना पालिकामै मिलेको न्यायिक समिति वैतेश्वरका संयोजक रविचन्द्र आचार्यले बताए । गाउँममा स्थानीय सरकार आएको करिब ६ महिनापछि २०७४ साल असोज २४ गते सरकारले गाउँमा हुने सार्वजनिक घटना मिलाउन पालिकाका उपाध्यक्षसहित तीन जनाको न्यायिक समिति गठन गरेर न्यायिककर्ताको जिम्मेवारी दिएको संयोजक आचार्यले बताए ।
गाउँपालिकामा सुरुको वर्ष ०७४ सालमा आलिधुर, जग्गा साद, झै–झगडा, सम्बन्धविच्छेद, ठगी धन्दालगायतका ४५ वटा निवेदन आएकोमा धेरैजसो समस्या पालिकाभित्रै मिलाएर पठाएको बताए । त्यसैगरी ०७५ मा १० प्रतिशतले घटेर ३५ वटा निवेदन परेकोमा ४ वटा जटिलबाहेक अन्य घटना मिलाउन सफल भएको उनले बताए । वैतेश्वर गाउँपालिकामा चालू वर्षको फागुन मसान्तसम्ममा २५ वटा निवेदन दर्ता भएका छन् । पछिल्लो तीन वर्षमा एक सय पाँचवटा निवेदन परेकोमा करिब ७० प्रतिशत घटना पालिकाले मिलाउन सफल भएको संयोजक आचार्यको दाबी छ ।
पालिकाको न्यायिक समितिले मिलाउन नसकेको ३० प्रतिशत घटनाहरूमा धेरैजस्तो जग्गा विवाद, सम्बन्धविच्छेद र ठगीका निवेदन रहेका छन् । जिल्ला अदालत चरीकोटले चालू वर्षमा वैतेश्वर गाउँपालिकको दुईवटा सम्बन्धविच्छेदका मुद्दा मिलाएको छ भने बाँकी १० वटा सुनुवाइ हुन बाँकी रहेको जनाएको छ । वैतेश्वर गाउँपालिकामा सबैभन्दा बढी वडा नम्बर चारबाट जग्गा विवाद, माना चामल भरिपाऊँ र चौपाया विवादलगायतका विषयमा निवेदन आउने गरेको न्यायिक समिति वैतेश्वरले जनाएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया