हेटौँडा उपमहानगरपालिकाद्वारा ४८ योजना सम्पन्न
बागमती । हेटौँडा उपमहानगरपालिकाले चालूू आर्थिक वर्ष २०७९/९० को हालसम्ममा नयाँ ४८ योजना सम्पन्न गरेको छ । उपमहानगरपालिकाको चालू आवको प्रथम चौमासिकमा दुई सय ५८ योजनाको सम्झौता भएको थियो । बाँकी दुई सय १० योजना कार्यान्वयनको चरणमा रहेका उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरको पूर्वाधार विकास कार्यक्रमअन्तर्गत आवको प्रथम चौमासिकको हालसम्ममा तीन किलोमिटर कङ्क्रिट सडक, चार कल्भर्ट, एउटा शैक्षिक पूर्वाधार, तीन गुम्बा, १० मन्दिर, एउटा तटबन्ध, १२ सामुदायिक भवन, एउटा मदरसा, चार उद्यानलगायत निर्माण भएका छन् । महानगरले आव २०७८/७९ मा जिम्मेवारी सरेर आएकामध्ये ८४ योजना सम्पन्न गरेको जनाएको छ । उपमहानगरले थप दुई स्थानको सडकमा आजदेखि स्ल्याब ढलान थालेको छ ।
राससका अनुसार आव २०७९/८० मा बजेट पुस्तिकामा समेटिएका योजनाअनुसार हेटौँडा–१ लालझाडीको वाराही धाप र भटेटोल जाने तथा हेटौँडा–१२ को केनाम टोल जाने सडक निर्माण सुरु गरेको छ ।
उपमहानगरपालिकाको पूर्वाधार विकास महाशाखाको पूर्वाधार विकास कार्यक्रमतर्फ योजना तथा कार्यक्रम अनुगमन जाँचपास तथा फरकफरक सिफारिश समितिले एक सय ३२ योजनाको अनुगमन तथा मूल्याङ्कन फरफारका लागि सिफारिश गरेको छ । अन्य महाशाखाले गरेको नौ योजना अनुगमन गरी भुक्तानीका लागि सिफारिश गरेको सो महाशाखाका प्रमुख सत्यनारायण साहले जानकारी दिए ।
महशाखाले पूर्वाधार विकास कार्यक्रमअन्तर्गत उपमहानगरले हेटौँडाको चौकी टोलमा नयाँ तरकारी बजार निर्माणका लागि रु. ३३ लाख ६६ हजार र अन्य जिन्सी समान उपलब्ध गराएर हेटौंडा–१० टिसिएनमा रहेको तरकारी बजार चार महिना अगाडि स्थानान्तरणसमेत गराएको महाशाखा प्रमुख साहले बताए ।
क्याटेगोरी : पालिका समाचार, उप महानगर, समाचार, बागमती प्रदेश
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया