महसुल नतिरेपछि गोल्छा र गोल्यानले सञ्चालन गरेको उद्योगका लाइन काटियोे
विराटनगर, चैत ७
नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्र र इटहरी वितरण केन्द्र सुनसरीले विद्युत् महशुल नतिरेको भन्दै विराटनगरको रानीस्थित रघुपति जुटमिल्स र सुनसरीको खनारमा रहेको रिलाइन्स स्पीनिङको विद्युत् लाइन काटिदिएको छ । विराटनगर वितरण केन्द्रअन्तर्गतको औद्योगिक ग्राहक रहेको रघुपति जुट मिलले १५ करोड ५५ लाख ६८ हजार रूपैयाँ शुल्क बुझाउन बाँकी छ । त्यसैगरी सुनसरीको खनारमा रहेको रिलाइन्स इस्पिनिङले एक अर्व १५ करोड रूपैयाँ विद्युत् बक्यौता रकम बुझाएको छैन ।
पटक–पटकको ताकेतामा गर्दा पनि बक्यौता नतिरेको कारण लाइन काटिएको विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्र र इटहरी वितरण केन्द्रले जनाएको छ । दुवै केन्द्रले बुधबारबाट विद्युत् लाइन काटिएको सूचना जारी गरेका हुन् । रघुपति जुट मिल र रिलाइन्स स्पीनिङ उद्योगले २०७२ साल साउनदेखि हालसम्म डेडिकेटेड लाइन प्रयोग गरेबापत थप दस्तुरबाहेकको रकम तिर्न बाँकी रहेकोे छ । अदालतको आदेशअनुसार लाइन काटिएको विराटनगर विद्युत् वितरण केन्द्रका केन्द्रप्रमुख राजिव सिंहले जानकारी दिए ।
नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रअन्तर्गतको औद्योगिक ग्राहक रघुपति जुटमिलले तोकिएको समयभित्र छुट बिलबापतको बाँकी बक्यौता रकम नबुझाएकोले लाइन काटिएको प्राधिकरणले जनाएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र इटहरीले एक सूचना जारी गर्दै बुधबारबाट रिलाइन्स इस्पिनिङ मिलको लाइन काटिदिएको थियो । तर, प्राधिकरणका जीएम हरराज न्यौपानेको ठाडो आदेशमा इटहरी केन्द्र प्रमुख मिथलेशकुमार गैबारले उक्त उद्योगमा भने सोही दिन काटिएको लाइन जोडिदिएको पाइएको छ । उक्त उद्योगले तिर्नपर्ने रकम नतिरी न्यौपानेको आदेशमा लाइन जोडिएको हो ।
विराटनगर वितरण केन्द्र प्रमुख राजीव सिंहलाई समेत जीएम न्यौपानेले तुरुन्त लाइन जोड्न आदेश दिएका थिए । तर, केन्द्र प्रमुख सिंहले प्राधिकरणको बोर्डबाट बक्यौता असुल नगरी कुनै हालतमा लाइन नजोड्ने अडान राखेका छन् । डेडिकेटेड लाइन जडानदेखि नै जीएम न्यौपानेको भूमिका शंकास्पद रहेको थियो । विराटनगर वितरण केन्द्र प्रमुख सिंहले आफ्नो कार्यालय मातहतमा रहेका तर बिल नतिर्ने ठूला उद्योगको लाइन अब धमाधम काटिने जानकारी दिए । गोल्छा समूहद्वारा सञ्चालित रघुपति जुटमिलको सञ्चालक राजकुमार गोल्छा रहेका छन् भने रिलाइन्स इस्पिनिङ मिल्सका सञ्चालक बासुदेव गोल्यान रहेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- महिला चेम्बरद्वारा संस्थापक अध्यक्ष शाक्यलाई सम्मान
- ‘ग्रिल तथा स्टिलजन्य व्यवसायको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध’
- कर्णाली प्रदेशकै पहिलो चार तारे होटल
- एलिट क्यापिटल र रिलायन्स फाइनान्सबीच सम्झौता
- क्रेस्ट माइक्रोलाइफ र एनआईएमबी एस क्यापिटलबीच सम्झौता
- सिटिजन्स बैंकद्वारा फातिमा फाउन्डेसन नेपाललाई सिलाइ मेसिन प्रदान
- ज्योति विकास बैंकद्वारा अग्निपीडित परिवारलाई राहत सामग्री प्रदान
- ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया