Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसभामुखद्वारा नवनिर्वाचित राष्ट्रपतिलाई बधाई ज्ञापन

सभामुखद्वारा नवनिर्वाचित राष्ट्रपतिलाई बधाई ज्ञापन


काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई शुक्रबार बिहान सभामुख देवराज घिमिरेले उनकै निवासमा पुगेर बधाई ज्ञापन गरेका छन् । सभामुख घिमिरेले पौडेललाई सफल कार्यकालका लागि मुलुककको राष्ट्राध्यक्षमा निर्वाचित भएकामा शुभकामनाका साथ बधाई ज्ञापन गरेको हो ।

नौ दलीय गठबन्धनको साझा उम्मेदवारका रूपमा नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल बिहीबार भएको निर्वाचनमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

बहराइनमा शनिबारदेखि हुने अन्तर व्यवस्थापिका सङ्घको एक सय ४६औँ बैठकमा भाग लिन आफू शुक्रबार त्यसतर्फ जान लागेको सभामुख घिमिरेले नवनिर्वाचित राष्ट्रपति पौडेललाई जानकारी गराए । उक्त बैठकमा जाने कार्यक्रम यसअघि नै निर्धारण भइसकेकाले नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ कार्यक्रममा सहभागी हुन नपाउने व्यहोरासमेत सभामुख घिमिरेले जानकारी गराएको उनका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया