समयअगावै फुलेर गुराँस झर्न थालेपछि स्थानीय अचम्मित
सोलुखुम्बु । सोलुखुम्बुको माथिल्लो क्षेत्रमा समयअगावै फुलेका लालीगुराँसका फूलहरु फागुनमै झर्न थालेपछि स्थानीय अचम्मित बनेका छन् । सधैँजसो चैत वैशाखमा मात्रै ढकमक्क फुल्ने गुराँसका फूल यस वर्ष माघदेखि नै फुल्न सुरु भएर फागुन अन्तिममै झर्न थालेका हुन् ।
सोलुदूधकुण्ड नगरपालिका ११ तिङलाका भला बहादुर बस्नेत समयअगावै लालीगुराँसको फूल फुलेको देखेर अचम्ममा गरेका छन् । विगतमा चैत, वैशाखमा फुल्ने गुराँसका फूल यस वर्ष पुसदेखि नै फुलेर अहिले झर्न थालेकोे उनकोे भनाइ छ । समुद्री सतहबाट एक हजार पाँच सयदेखि पाँच हजार पाँच सय मिटर उचाइसम्म गुराँसका विभिन्न प्रजाति हुने गर्दछ । विगतमा गुराँसको फूलसँग रमाउनैका लगि स्वदेशी तथा विदेशी पर्यटकहरु समेत जुमिने गर्दथे । तर यस वर्ष समयअगावै फुलेको गुराँस पर्यटकीय सिजन सुरु नहुँदै झर्न थालेपछि व्यवसायीहरुमा समेत चिन्ता थपिएको सोलुखुम्बु पत्तालेकी होटल व्यवसायी सुमना मगर बताउँछिन् । जलवायु परिवर्तनको असर वनस्पतिमा समेत देखिन थालेको छ । पछिल्लो समय चिसो सिजन खुम्चिँदै जानु र गर्मी समय बढ्दै गएको विज्ञहरु बताउँछन् । जसले गर्दा पारिस्थितिक प्रणालीमा समेत गम्भीर संकट निम्तिनसक्ने वातावरण विज्ञ राजन थापाको भनाइ छ ।
जिल्लाको पत्ताले, तिङ्ला, केरुङ, बागम, सल्लेरी, तामाखानी, लोदिङ, पिके, फाप्लु, सल्लेरी, रिङमु, फेरा, टाक्सिन्दु, सिलगुडीलगायतका क्षेत्रहरुमा गुराँस हुने गर्दछ । तर यस वर्ष समयभन्दा अघि नै फुलेको गुराँस चैत लाग्न नपाउँदै ओइलिएर झर्न थालिसकेको छ । जसका कारण पारिस्थितिक प्रणाली नै गम्भीर संकटमा फस्नसक्ने जानकारहरुको चिन्ता छ । चैत–वैशाखमा यहाँ गुराँससँग रमाउनेहरुको ओइरो लाग्छ । गुराँस आफैँमा सौन्दर्य हो । गुराँसका फूलहरुले जो कोहीलाई लोभ्याउँछ । गुराँसको औषधीय मूल्य पनि छ । रातो रंगको गुराँस पोषकतत्वले भरिपूर्ण मानिन्छ । गाउँघरतिर अझै पनि गुराँस राख्ने र औषधिको रुपमा प्रयोग गर्ने गरिन्छ ।
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश
ट्याग : #Page 8
ताजा अपडेट
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया