कोरोना भाइरसका कारण बेलायतमा एक पूर्वगोरखा सैनिकको मृत्यु
काठमाडौं, चैत ९
बेलायतमा कोरोना भाइरसको संक्रमणबाट एक नेपालको मृत्यु भएको छ । विश्व महामारी बनेको कोरोनाभाइरस (कोभिड १९) को गत ४ गते मृत्यु भएको खुलेको हो । मर्नेमा ६६ वर्षीय लीलाबहादुर राई रहेका छन् । गत मंगलबार लन्डनको नर्थविक पार्क अस्पतालमा उनको मृत्यु भएको सोही स्थान बस्दै आएका नेपालीहरुले जनाएका छन् । उनी नेपालको संखुवासभा खाँदबारी नगरपालिका १० का स्थायी बासिन्दा भए पनि लन्डनको साउथ ह्यारोमा बस्दै आएका थिए । मंगलबार मृत्यु भए पनि यसको कारणबारे परिवारले शुक्रबार मात्रै थाहा पाएका थिए । विनेपाली अनलाइनका अनुसार उनले गोरखा सेकेन्ड राइफल्समा १७ वर्ष सेवा गरेका थिए । सन् २००८ मा उनी सपरिवार लन्डन पुगेका थिए । कोरोनाको संक्रमण अहिले विश्वव्यापी बनेको छ भने मर्नेको संख्या हजारौँ पुगेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- सुन तस्करीको आरोप लागेका सुमनमान ताम्राकारविरुद्ध अदालतको अवहेलनामा मुद्दा दायर
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया