विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् । स्थापनाकालदेखि नै महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएर काम गरिसकेका उद्योगी राउत यस पटक प्रदेश अध्यक्षमा निर्विरोध निर्वाचित बनेका हुन् ।
झापा जिल्लाको बिर्तामोडमा बसेको उद्योग वाणिज्य महासंघको पाँचौँ प्रदेशसभाले राउतसहित अन्य पदाधिकारी पनि सर्वसम्मत चयन गरेको महासंघ कोशी प्रदेशका निर्देशक राधारमण भण्डारीले जानकारी दिए । उनका अनुसार कोशी प्रदेश समितिको उपाध्यक्षमा भीम बहादुर पौडेल र कुमारमणि पोखरेल र कोषाध्यक्षमा सुवास आचार्य निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरुमा जिल्ला तथा नगर उद्योग वाणिज्य महासंघको प्रतिनिधित्व गर्दै ध्रुवलाल श्रेष्ठ, वीरेन्द्र कुमार साह, प्रीतम खड्गी, प्रकाश शिवाकोटी र ऋषिराज तिम्सिना निर्वाचित भएका छन् भने वस्तुगत तर्फबाट राजन श्रेष्ठ र दिपक पाण्डे तथा एसोसिएट्स तर्फबाट रवीन कुमार दाहाल, भवीश कुमार श्रेष्ठ र श्रवण अग्रवाल सदस्यमा सर्वसम्मत निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित उद्योगी राउत एक महिनाअगाडि मात्रै उदयपुर जिल्लाको कटारीस्थित उदयपुर उद्योग वाणिज्य महासंघको अध्यक्षमा पनि सर्वसम्मत निर्वाचित भएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #page 3
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया