बालकको मृत्युपछि पोखरी व्यवस्थापनमा चासो
गत फागुन ७ मा धारापानीका चार वर्षे बालक सुहान केसी बेपत्ता भए । उनको चारैतिर खोजी भयो तर बालकको शव भोलिपल्ट मात्रै नजिकको ठूली पोखरीमा भेटियो ।
उक्त घटनापछि आक्रोशित स्थानीयले पोखरीको संरक्षण नहुँदा बालकको ज्यान गएको भन्दै पोखरी व्यवस्थापनका लागि स्थानीय तहलाई झक्झकाए । तारबार नगरेको, जलकुम्भी र अन्य फोहरले पोखरीका कारण बालकको मृत्यु भएको उनीहरुको बुझाइ थियो ।
स्थानीयले पोखरी संरक्षणको आवाज उठाएपछि पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य घटनास्थल पुगेर जोखिममुक्त पोखरीको व्यवस्थापनका लागि आवश्यक रकम विनियोजन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । अहिले भने पोखरा महानगरपालिका–५ धारापानी मार्गमा रहेको ठूली पोखरीले भने आफ्नो स्वरुप फेर्न थालेको छ ।
सोही अनुसार अहिले ठूली पोखरी संरक्षण एवम् निर्माण समिति बनाएर काम अघि बढाइएको वडा नं ५ का वडाध्यक्ष विष्णुुप्रसाद बरालले जानकारी दिए । उनले अप्रिय घटनापछि मात्र तालको संरक्षण र व्यवस्थापनका लागि पहल भएको स्वीकार्दै अब थप मानवीय क्षति हुन नदिन र पोखरीको सौन्दर्यतालाई कायम गर्न वडाले पहल गरेको बताए ।
“बालकको शव पोखरीमा भेटिएपछि सबैको ध्यानाकर्षण भएको हो । अहिले जोखिममुक्त पोखरी बनाउने कार्यअघि बढेको छ”, बरालले भने। घटनापछि सामाजिक अभियन्ता अञ्जु केसीको संयोजकत्वमा पोखरी व्यवस्थापनका लागि १३ सदस्यीय समिति गठन भइ सक्रिय रुपमा काम भइरहेको जानकारी दिइन् ।
उनका अनुसार २०६२ सालको नापी अनुसार पोखरीको क्षेत्रफल साढे १० रोपनी छ । अहिले महानगरले पोखरीमा तारबारको लागि रु नौ लाख १७ हजार रकम विनियोजन पश्चात काम अघि बढेको समितिका अध्यक्ष केसीले जानकारी दिए ।
उनका अनुसार ताललाई जोखिममुक्त बनाएर सुन्दर बनाउने काम भइरहेको छ । निकट भविष्यमै थप व्यवस्थित र पर्यटकका लागि आर्कषक गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य लिएर काम अघि बढेको उनले बताए ।
“यो तालको आफ्नै महत्व छ तर यसको संरक्षण र व्यवसस्थापन तर्फ ध्यान नदिँदा एक बालकले अनाहकमा ज्यान गुमाउनु प¥यो”, नागरिक समाजका अगुवा रामबहादुर पौडेलले भने, “तालतलैया पोखरी प्राकृतिक सम्पदा हुन्, यसको बेलैमा संरक्षण र सम्वद्र्धन गरेको भए एक बालकले अनाहकमा ज्यान गुमाउनु पर्दैनथ्यो ।”
राससका अनुसार पोखरी व्यवस्थापनका लागि समितिको आयोजना र पोखरा महानगरपालिकाको सहयोगमा वडा कार्यालय, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायत स्थानीयको उपस्थितमा दुई चरणमा पोखरी सफा गर्ने काम भइसकेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सर्वोच्च अदालतले सिधा कुरा डटकमबाट प्रकाशित सामग्रीमा चालेको कदमप्रति नेपाल पत्रकार महासंघको गम्भीर चासो
- सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार
- तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य
- कर्णाली प्रदेश सरकार बिस्तार
- राज्यको प्राथमिकतामा उद्यामशीलता: मन्त्री भण्डारी
- गोदावारीमा लागेको डढेलो निभाउन गएका एक व्याक्तिको मृत्यु
- दराजमै थन्किए १४ हजार थान राष्ट्रिय परिचयपत्र
- विधेयक पारित नगरी अन्त्य भयो कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया