सिटिजन्स बैंकको वित्तीय साक्षरता कार्यक्रम
काठमाडौं । सिटिजन्स बैंकले ग्लोबल मनी विकअन्तर्गत सातवटै प्रदेशमा वित्तीय साक्षरताका कार्यक्रमहरू सम्पन्न गरेको छ । बैंकले ‘प्लान योर मनि, प्लान्ट योर फ्यूचर’ भन्ने मूल नाराका साथ युवाहरूमाझ पैसा वा आयआर्जनको उपयोगिता बढाउने सम्बन्धमा वित्तीय सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।
बैंकले कोशी प्रदेशको विराटनगर, धरान, सलकपुर, बानिघाम, मधेश प्रदेशको डीएभीआरभी केडिया स्कुल, कृष्ण प्रणामी, बाग्मती प्रदेशको थली, कलंकी, सिन्धुली, सूर्यविनायक, भैँसीपाटी, चाबहिल, मंगलपुर, भरतपुर, तादी, ज्यामिरे, सामाखुसी, महाबौद्ध, धुम्बाराही, थसीखेललगायतका स्थानमा कार्यक्रम सम्पन्न गरेको हो ।
यस्तै गण्डकी प्रदेशको अमरापुरी, चाँमे, सिमलचौरमा, लुम्बिनी प्रदेशको बढैयाताल, घोराहीेको शान्ति सुधा बोर्डिङ स्कुल, नेपालगञ्ज कोहलपुरको गोपीगञ्जको आदर्श उच्च माध्यमिक विद्यालय, पिपराको बाणगंगा माध्यमिक विद्यालय, फर्साटिकरको श्री बंगाई माध्यमिक विद्यालयमा वित्तीय सचेतनाका कार्यक्रम सम्पन्न गरेको हो । बैंकले कर्णाली प्रदेशको सुर्खेत, जुम्ला, जाजरकोट, नाम्खा, सिमीकोटमा तथा सुदूरपश्चिम प्रदेशको मोहन्याल, महेन्द्रनगर, धनगढी, बझाङ, अत्तरिया, ढँकारीमामा कार्यक्रम गरिएको जनाएको छ ।
कार्यक्रममा विद्यार्थी, गृहिणी महिला, वैदेशिक रोजगारमा आबद्ध व्यक्तिहरूमा वित्तीय साक्षरताको आवश्यकता र महत्वको बारे जानकारी गराइएको बैंकले जनाएको छ । कार्यक्रममा वित्तीय अपराध र जोखिमको बारेमा जानकारी गराइएको थियो । यस्तै नगद कारोबार, लेनदेन तथा विप्रेषणजस्ता वित्तीय कारोबार गर्ने क्रममा बंैकिङ प्रणालीको प्रयोग गर्न समेत सिकाइएको बैंकले जनाएको छ ।
बैंकले हाल देशभर एक सय ८२ शाखा, एक सय ३४ एटीएम र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट १५ लाख ४० हजारबढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया