काठमाडौं । बागमती प्रदेशसभा सदस्य सुरजचन्द्र लामिछानेले काठमाडौं महानगरपालिका वडा नम्बर ३१ अन्तर्गतको मदन भण्डारी सडकखण्डको शान्तिनगर क्षेत्रमा आकाशेपुल निर्माण गर्न माग गरेका छन् ।
उक्त सडकखण्ड अत्यन्त जोखिमपूर्ण स्थानको रूपमा रहेकोले पैदल यात्रीलाई बाटो क्रस गर्न आकाशेपुल निर्माणका लागि सांसद लामिछानेले सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुखको ध्यानाकर्षण गराएका हुन् । लामिछानेले उक्त स्थानमा सयौँको संख्यामा दुर्घटना हुँदा ठूलो मानवीय क्षति भइसकेको र सडक वारपार गर्ने क्रममा धेरै पैदलयात्री मारमा परेको कार्यालय प्रमुखलाई जानकारी गराएका छन् । स्थानीय व्यक्ति, नागरिक समाज र स्थानीय संघसंस्थाले प्रयागमार्ग र आलोकनगर जोड्ने आकाशेपुलको आवश्यकता औँल्याएको लामिछानेले बताए ।
उक्त स्थानमा आकाशेपुलको आवश्यकतालाई कसैले पनि नकार्न नसक्ने भन्दै लामिछानेले कार्यालय प्रमुखलाई बुझाएको ज्ञापनपत्रमा थप मानवीय क्षति रोक्न, पैदलयात्रीहरूको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै यथाशीघ्र योजना अघि बढाउन सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराइएको छ । काठमाडौं जिल्ला क्षेत्र नम्बर १ प्रदेश २ बाट निर्वाचित लामिछानेले जनजीविकासँगै विकास निर्माणका विषयमा सम्बन्धित निकायको बारम्बर ध्यानाकर्षण गराउँदै आएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 12
ताजा अपडेट
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
- १९ सय ७४ बिन्दुमा खुम्चियो सेयर बजार
- प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा दुई घाइते
- वसन्तपुर क्षेत्रको अवलोकन गर्दै जापानी विदेशमन्त्री खामिखावा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया