काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रस्ताव गरेको लाभांश साधारणसभाबाट पारित भएको छ । इन्स्योरेन्सको सोमबार काठमाडौंमा बसेको वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पारित गरेको हो ।
इन्स्योरेन्सको सञ्चालक समितिले चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि शून्य दशमलव ५२६३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
यस्तै कम्पनीको अधिकृत पुँजी एक अर्ब ५० करोड रुपैयाँबाट वृद्धि गरी तीन अर्ब पु-याउने विशेष प्रस्ताव पनि पारित गरेको छ ।
साधारणसभाले वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षकको प्रतिवेदनसहितको लेखापरीक्षण गरिएको वासलात, नाफा—नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरूलगायत अन्य विषयसूचीहरूउपर छलफल भई पारित गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
- भारतले हटायो प्याज निर्यात प्रतिबन्ध
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया