लुम्बिनी पिस हाफ म्याराथनको उपाधि दीपक र राजपुरालाई
लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा ‘शान्ति र समृद्धिका लागि खेलकुद भन्ने’ मूल नारासहित आयोजित लुम्बिनी पिस हाफ म्याराथन प्रतियोगितामा दीपक अधिकारी र राजपुरा पछाइले प्रथम स्थान हासिल गरेका छन् ।
मदन भण्डारी स्पोटर्स एकेडेमीले अन्तर्राष्ट्रिय खेलकुद दिवसका अवसरमा आज २१ किलोमिटरको हाफ म्याराथन प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका अधिकारीले एक घण्टा छ मिनेट दुई सेकेन्डमा लुम्बिनी वरपरको २१ किलोमिटरको दूरी पूरा गरेका थिए । प्रतियोगिता पुरुषतर्फ प्रथम भएका अधिकारीले रु एक लाख ५० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।
यस्तै महिलातर्फ २१ किमीको दूरी नेपाल प्रहरीका पछाइले एक घण्टा २४ मिनेट दुई सेकेन्डमा पूरा गरिन । प्रतियोगितामा महिलातर्फ प्रथम भएकी पछाइले रु. एक लाख ५१ हजार नगद शिल्ड तथा प्रमाणपत्र पाइन् । प्रतियोगितामा पुरुषतर्फ एपीएफका गोपीचन्द्र पारखी एक घण्टा छ मिनेट ४६ सेकेन्डमा दूरी पूरा गर्दै द्वितीय भएका छन् । यस्तै त्रिभुवन आर्मीका मुकेश पाल एक घन्टा सात मिनेट १५ सेकेन्डमा दूरी पार गर्दै तृतीय र त्रिभुवन आर्मीकै नरेन्द्र रावल एक घण्टा सात मिनेट १५ सेकेन्डमा दूरी पार गर्दै चौथो स्थान हासिल गर्न सफल भए ।
महिलातर्फ एपीएफका विन्द्रा धान्के श्रेष्ठ एक घण्टा २६ मिनेट सात सेकेन्डमा दूरी पूरा गर्दै द्वितीय भइन् । नेपाल प्रहरीका रेखा विष्ट एक घण्टा २६ मिनेट ११ सेकेन्डमा दूरी पार गर्दै तृतीय र त्रिभुवन आर्मीका पूर्णलक्ष्मी एक घण्टा २८ मिनेट ३३ सेकेन्डमा दूरी पार गर्दै चौथो भइन् । दुवै विधामा द्वितीयले रु. ७५ हजार र तृतीयले रु. ५० हजार र तृतीयले रु. ३० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।
पुरुषतर्फ त्रिभुवन आर्मीका गजेन्द्र राई पाँचौँ र महिनदेव जोशी छैटौँ, एपीएफका राजेन्द्र तामाङ सातौँ एवं त्रिभुवन आर्मीका जीतेन्द्र दनुवार आठौँ, प्रेमबहादुर बस्नेत नवौँ र टङ्क कामी १०औँ स्थान प्राप्त गर्न सफल भएका छन् । महिलातर्फ नेपाल प्रहरीका राममाया बुढा चौथो र एपिएफका आशा रावल, त्रिभुवन आर्मी क्लबका निर्मला केसी सातौँ एवं खुलाबाट आठौँ सुर्खेतकी विन्दु हमाल, त्रिभुवन आर्मीकी निर्मला पुन नवौँ र शारदा शाही १०औँ स्थान प्राप्त गर्न सफल भएका छन् ।
प्रतियोगितामा दुवै विधाका पाँचौँले रु. २० हजार, छैटौँले रु. १० हजार, सातौँले रु. सात हजार, आठौँले रु. पाँच हजार र नवौँ तथा १०औँले रु. पाँच/पाँच हजार नगद पुरस्कार पाए । प्रतियोगिताका विजेतालाई अपराह्न आयोजना हुने मूल समारोहमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रमाणपत्र वितरण गर्नेछन् । प्रतियोगितामा देशभरका दुई हजार पाँच सय खेलाडी म्याराथनमा उत्रेको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले राससलाई बताए ।
प्रतियोगिताको लुम्बिनीस्थित शान्ति दीपमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मसाल बालेर प्रमुख प्रशिक्षकलाई हस्तान्तरण गरेपछि म्याराथन प्रतियोगिता सुरु भएको थियो । मायादेवी प्रवेशद्वारबाट सुरु भएको म्याराथन पर्साचोकबाट पुनः महिलबार हुँदै दुई फन्का लगाएर निर्धारित दूरी पार गरेका थिए ।
क्याटेगोरी : खेलकुद, लुम्न्बिनी प्रदेश
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया