एक्सोनमोबिलको तीन महिनाको नाफा ११ अर्ब ४० करोड डलर
अमेरिका । कच्चा तेलसम्बन्धी कम्पनी एक्सोनमोबिलले चालू वर्षको पहिलो तीन महिनामा कीर्तिमानी नाफा आर्जन गरेको छ । तेल र ग्यासको माग उच्च हुँदा कम्पनीले नाफा दोब्बर बढीले वृद्धि गरेको हो ।
अमेरिकी ऊर्जा कम्पनीले सन् २०२३ को पहिलो तीन महिनामा ११ अर्ब ४० करोड अमेरिकी डलर खुद नाफा गरेको छ । एक वर्षअघि सोही अवधिमा कम्पनीको नाफा पाँच अर्ब ५० करोड डलर मात्र रहेको थियो । खासगरी तेल र ग्यासको माग बढेपछि र लागत खर्च कटौतीका लागि चालिएका कदमले नाफा बढाएको कम्पनीले जनाएको छ ।
युरोपमा २० करोड डलर कर र तेलको घट्दो मूल्यका बाबजुद कम्पनीको नाफामा बढोत्तरी भएको हो । त्यस्तै एक्सोनमोबिलको प्रतिस्पर्धी कम्पनी सेभरनले पनि नाफा बढेको जनाएको छ । कम्पनीले जनवरीदेखि मार्च अवधिसम्म अघिल्लो वर्षको तुलनामा पाँच प्रतिशतले नाफा वृद्धि गर्दै छ अर्ब ६० करोड डलर पु-याएको हो । यो कम्पनीले पनि बेलायतमा विन्डफल कर वा ऊर्जा नाफा लेभीअन्तर्गत १३ करोड अमेरिकी डलर तिरेको थियो ।
यी दुईबाहेक शेल र बीपीले पनि पछिल्लो नतिजा सार्वजनिक गर्ने तयारी गरिरहेका छन् । अन्य ठूला कम्पनीहरुजस्तै एक्सोनमोबिलले पनि सेयर सदस्यलाई दिएको प्रतिफलबारे आलोचना खेपेको थियो । कम्पनीले सेयर सदस्यहरुलाई आठ अर्ब १० करोड बोनस र ३७ करोड ५० लाख सेयर बाइब्याकमा दिने बताएको थियो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया