काठमाडौँ । नेपाली कांग्रेसका सुरेन्द्र आचार्यलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री नियुक्त गरेका छन् । नवनियुक्त आचार्यले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको पदभार ग्रहण गरेका छन् । राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्री आचार्यलाई आइतबार दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाएका थिए ।
प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसको सिफारिसमा आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मा दिएका छन् । यसअघि सो मन्त्रालयको जिम्मेवारी महिन्द्रराय यादवले पाएका थिए । यादवको मन्त्रालय हेरफेर भएर उनी अहिले खानेपानी मन्त्रालयमा पुगेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडल निकट मानिने आचार्य यसअघि सिंचाइ राज्यमन्त्रीसमेत बनेका थिए । नवनियुक्त कपिलवस्तु क्षेत्र नम्बर २ बाट मन्त्री आचार्य विजयी भएका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- जनता समाजवादी पार्टी (जसपा )विभाजित
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
- १९ सय ७४ बिन्दुमा खुम्चियो सेयर बजार
- प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा दुई घाइते
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया