धर्म, भाषा र संस्कृति संरक्षणका लागि संस्कृत शिक्षा आवश्यक
विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले धर्म, भाषा, संस्कृति र रीतिरिवाजलाई संरक्षण गर्न संस्कृत भाषाको शिक्षा आवश्यक रहेको बताएका छन् ।
श्री लक्ष्मीनारायण वेद विद्याश्रम आवासीय संस्कृत मावि गुरुकुलम्को परिसरमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत बन्न लागेको चार कोठे भवनको आइतबार शुभारम्भ गर्दै उनले लोप हुन लागेको संस्कृत भाषाप्रति बढेको आकर्षणले संस्कृत भाषाको संरक्षण हुने विश्वास व्यक्त गरे । राससका अनुसार प्रमुख कोइरालाले असल नागरिक बन्न नैतिक शिक्षा चाहिने भएकाले संस्कृत शिक्षा दिनुपर्ने आवश्यकता औँलाए ।
विद्यालयका संरक्षक अच्युतप्रपन्नाचार्यले नैतिक शिक्षा, संस्कार र चरित्र निर्माण गर्न संस्कृत भाषा अत्यन्त जरुरी रहेको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णहरि पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा विराटनगर महानगरपालिका–११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने र शिक्षासेवी दुर्गाप्रसाद खतिवडाले संस्कृत भाषाको महत्व बारे चर्चा गरेका थिए ।
दुई कठ्ठा १० धुर जग्गामा निर्माण भएको उक्त संस्कृत विद्यालयमा हाल कक्षा ६ देखि १२ सम्म एक सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत रू. ४५ लाख बजेट प्राप्त भएको थियो ।
क्याटेगोरी : पालिका समाचार, महानगर, कोशी प्रदेश
ताजा अपडेट
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया