नक्कली शरणार्थी प्रकरणले भुटानी शरणार्थीलाई असर
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका कारण नेपालमा रहेका भुटानी शरणार्थीले आफूहरु मारमा परेको बताएका छन् । भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिका कार्यबाहक अध्यक्ष तिलक राईले विज्ञप्ति जारी गर्दै आफूहरुको शरणार्थी परिचयपत्र ८ महिनादेखि नवीकरण नहुँदा परिचयविहीन बन्नुपरेको बताएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा स्वतन्त्र, निष्पक्ष छानबिन आयोग गठन गरी दोषीमाथि कारबाही गर्न माग गर्दै नवीकरणमा ढिलासुस्ती गरेर गैरभुटानीलाई भुटानी शरणार्थी बनाइने हो कि भन्ने आशंकासमेत भएको भन्दै कार्यबाहक अध्यक्ष राईले अविलम्ब परिचयपत्र वितरण गर्न माग गरेका छन् ।
भुटानी शरणार्थी स्वदेश फिर्ती समितिका कार्यबाहक अध्यक्ष राईले स्वदेश फिर्ती र परिवार मिलनको प्रतीक्षामा रहेका ६ हजार ५०० र पञ्जीकृत हुन बाँकी भुटानीको हितलाई ध्यानमा राख्नसमेत सरकारसँग माग गरेका छन् । उनले भुटानी शरणार्थी समस्या दीर्घकालीन रुपमा समाधान गर्नका लागि सरोकारवालाबीच वार्ताका लागि पहल गरिदिन सरकारसँग मागसमेत गरेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया