काठमाडौं,एरेञ्जर राजु खड्काको अथक साङ्गीतिक यात्राले २५ औं वसन्त पार गरेको अवसरमा रेशराज प्रोडक्सन प्रालिको आयोजनामा ‘सङ्गीतसँग यात्रा’ कार्यक्रम सम्पन्न गरेका छन् । गत शनिबार काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न उक्त कार्यक्रमको अवसरमा चलचित्र ‘उस्ताद जी’को टे«लर पनि सार्वजनिक गरिएको थियो ।
नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कला क्षेत्रका विभिन्न स्रष्टाहरूलाई सम्मान गरिएको थियो । सम्मानित हुने कलाकारहरूमा गायिका ज्ञानु राणा, गायक लाक्पा शेर्पा, साउन्ड डिजाइनर दीपरत्न तुलाधर, निर्देशक नवल खड्का, कथाकार मीन सागर लामा, सङ्गीतकार आभाष फुयाँल, पवन वाङ लामा, वाद्यवादक भरत बुढाथोकी, गीतकार दुर्गा लामा, गायक पञ्चमान तामाङ (शैलाब वाइवा), उत्सव सुब्बा लामा र मरिचमान तामाङ रहेका थिए ।
‘चलचित्रका नायकहरू आउँछन्, एकदुई वर्षमै गायब हुन्छन् तर गीतसङ्गीतका नायकहरू भने सदा जनतामा छाइरहन्छन्’ कार्यक्रममा मोहन निरौलाले भने, ‘त्यसैले गीतसङ्गीतलाई महत्व र मान्यता दिन सकिएमा हाम्रो सङ्गीतको स्तर बढ्दै जानेछ, जसले अन्ततः देशलाई नै फाइदा पुग्नेछ ।’ कार्यक्रम रेशराज प्रोडक्सन प्रालिका अध्यक्ष गायक रेशमकुमार विश्वकर्माको सभापतित्वमा सम्पन्न भएको हो ।
क्याटेगोरी : मनोरञ्जन
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया