साना किसान लघुवित्तको खुद नाफा ५८ करोड ७६ लाख
काठमाडौं, साना किसान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ५८ करोड ७६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको नाफा ५० करोड २५ लाख १७ हजार आठ सय ५८ रुपैयाँ थियो ।हाल चुक्ता पुँजी एक अर्ब ९७ करोड ११ लाख ६१ हजार दुई सय ९६ रुपैयाँ रहेको संस्थाले चालु आवको तेस्रो त्रैमासमा १८ अर्ब ६४ करोड १२ लाख ६८ हजार नौ सय ४१ रुपैयाँ निक्षेप संकलन गरी ३१ अर्ब ६८ करोड ९४ लाख ९२ हजार सात सय ६५ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा एक अर्ब २२ करोड ३१ लाख ३९ हजार एक सय ९१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा एक दशमलव ४२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर चार दशमलव ५७ प्रतिशत रहेको छ ।गत आवको सोही अवधिमा भने संस्थाले १६ अर्ब ३० करोड ४३ लाख ७१ हजार छ सय ५९ रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब ३१ करोड १५ लाख ८५ हजार आठ सय ६३ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ९६ करोड २८ लाख ४२ हजार तीन सय नौ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा शून्य दशमलव ५६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । त्यस्तै, स्प्रेड दर चार दशमलव २५ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
- भारतले हटायो प्याज निर्यात प्रतिबन्ध
- काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्झौता
- ‘सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौँ’
- हिमालयन बैंकद्वारा पर्सा प्रहरीलाई सहयोग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया