जनअपेक्षालाई यथोचित सम्बोधन गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनअपेक्षा अनुरुप सुशासन र शासकीय प्रणाली सञ्चालन हुन नसक्दा परिर्वतनप्रति नै वितृष्णा पैदा गर्ने आवाज सुनिन थालेकाले नागरिकको परिर्वतनप्रतिको तीव्र आकाङ्क्षालाई सम्बोधन गर्न आग्रह गरेका छन् ।
गणतन्त्र दिवसका अवरमा शुभकामना सन्देश दिँदै अध्यक्ष तिमिल्सिनाले भनेका छन्, “सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनको १५ वर्ष व्यतित भइसकेको छ, जनअपेक्षा अनुरुप सुशासन र शासकीय क्रियाकलाप सञ्चालन हुन नसक्दा सरकार तथा सिङ्गो राजनीतिक प्रणाालीप्रति नै वितृष्णा पैदा गर्ने आवाज सुनिन थालेका छन् ।”
उनले नेपालमा गणतन्त्र स्थापनाले सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा स्थापित गरेको जनाउँदै जनताबाट निर्वाचित प्रतिनिधिमार्फत शासन सञ्चालन हुने यो व्यवस्था आफैमा एक उन्नत राजनीतिक प्रणाली भएको राससलाई बताए ।
उनले सन्देशमा भनेका छन्, “नागरिकको परिवर्तनप्रतिको तीव्र आकाङ्क्षाको यथोचित सम्बोधन, उपलब्ध साधन र स्रोतको उच्चतम परिचालन, मौलिक अधिकारको कार्यान्वयन एंव न्यायपूर्ण र समतामूलक राष्ट्र निर्माणमा तीन तहका सरकार, सम्पूर्ण राजनीतिक दल, कर्मचारीतन्त्र, नागरिक समाज तथा सम्पूर्ण सरोकारवाला सिर्जनशील रुपमा क्रियाशील रहन विशेष आग्रह गर्दछु ।”
क्याटेगोरी : समाचार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया