नयाँ दिल्ली । भारतका रेलमन्त्री अश्विनी वैश्णवले भरखरै ओडिशामा भएको रेल दुर्घटना ‘सिग्नलमा त्रुटी’ भएका कारण भएको हुनसक्ने बताएका छन् । चार दशक यताकै सबैभन्दा घातक दुर्घटना भएको यस घटनाको कारण अझै स्पष्ट भने भइसकेको छैन ।
‘रेल दुर्घटनाका भयानक कारण र कारकहरू पत्ता लागेका छन् तर अनुसन्धान नसकिदै त्यो सार्वजनिक गर्नु उचित हुँदैन’ मन्त्री अश्विनीले भने, ‘हामीले दुर्घटनाको कारण र यसका पछाडिका जिम्मेवार व्यक्तिहरू पहिचान गरेका छौं ।’ दुर्घटनाको कारण पत्ता लगाउन पूर्णखालको अनुसन्धान सुरु गरिसकेको पनि उनले बताएका छन् ।
भारतको रेल बोर्डले दुर्घटना भएका बेला ‘सिग्नल’ दिने प्रणालीमा अवरोध आएपनि काम गरिरहेको जनाएको छ । सरकारी अधिकारीहरुले शनिबार भएकोे रेल दुर्घटनामा परी आइतबार साँझसम्म मृत्यु हुनेको संख्या दुई सय ७५ पुगेको बताएका छन् । एक हजार भन्दा बढी घाइते भएका छन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया