काठमाडौं । युगकवि सिद्धिचरण श्रेष्ठको नाममा स्थापित युगकवि सिद्धिचरण पुरस्कार यस वर्ष प्राध्यापक डा. जयराज आचार्यलाई प्रदान गरिएको छ । युगकवि सिद्धिचरण श्रेष्ठको ११२ औँ जन्मजयन्तीका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार आचार्यलाई पुरस्कार प्रदान गरेका हुन् । युगकवि सिद्धिचरण प्रतिष्ठानले शीतलनिवासमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले भाषा, साहित्य र कूटनीतिको क्षेत्रमा योगदान पु-याएबापत डा. आचार्यलाई सो पुरस्कार प्रदान गरेका हुन् ।
सो पुरस्कारको राशि एक लाख नगदसहित सम्मानपत्र रहेको छ । यसै गरी राष्ट्रपति पौडेलले यस वर्षको युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार पत्रकार चेतनाथ धमलालाई प्रदान गरे । सो पुरस्कारको राशि २५ हजार नगदसहित सम्मानपत्र रहेको छ । कार्यक्रममा राष्ट्रपति पौडेलले प्रतिष्ठानमा कार्यरत जनक खड्कालाई कदरपत्र प्रदान गरेका थिए । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष बैरागी काइला, संरक्षक रविचरण श्रेष्ठ, पुरस्कृत व्यक्तित्व आचार्य, प्राडा मोहन लोहनीले युगकवि सिद्धिचरणको साहित्य साधना, बहुआयामिक व्यक्तित्व र कृतित्वबारे प्रकाश पारेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया