अमेरिका । युक्रेनको कोखोभका बाँधमा विस्फोट भएपछि विश्व बजारमा गहुँ र मकैको भाउ बढेको छ । बाँध भत्किएपछि युक्रेनको खाद्यान्न ढुवानी गर्नसक्ने क्षमता घट्ने भयले विश्व बजारमा गहुँ र मकैको भाउ बढेको हो । युक्रेनबाट अफ्रिका, मध्यपूर्व र एसियामा खाद्यान्न ढुवानी हुँदै आएको छ ।
सिकागो मर्कन्टाइल एक्सचेन्जमा मंगलबार मकैको भाउ प्रतिबसेल एक प्रतिशतले बढेर छ डलर माथि पुगेको छ । गहुँको मूल्य प्रतिबसेल दुई दशमलव चार प्रतिशतले बढेर छ डलर ३९ सेन्टमा पुगेको छ । यसबाहेक जौ र सूर्यमुखी तेलको निर्यातमा अवरोध हुने भय पनि बढेको छ ।
रुस–युक्रेन युद्धका कारण विश्वको खाद्य बजारमा मूल्य असर पर्ने गरेको छ । रुस र युक्रेन दुवै विश्व बजारमा सबैभन्दा धेरै खाद्यान्न आपूर्ति देश हुन् । यही कारण रुस र युक्रेनमा हुने हरेक घटनापिच्छे विश्वबजारमा गहुँ, मकै, जौ र सूर्यमुखी तेलको मूल्य बढ्ने गरेको छ ।
रुस र युक्रेनबीच संयुक्त राष्ट्र संघको पहलमा खाद्यान्न निर्यात सम्झौता भई विश्वभर निर्यात भइरहेको छ । रुसले गतवर्ष कृष्ण सागर भएर हुने निर्यात सम्झौताबाट हात झिक्दा विश्वबजारमा गहुँ र खाने तेलको मूल्य आकाशिएको थियो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया