Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारनगरपालिकाहलेसीका कृषकलाई बाख्रा वितरण

हलेसीका कृषकलाई बाख्रा वितरण


खोटाङ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाले किसानलाई बोयर जातका बोका र बाख्रा वितरण गरेको छ । कृषकको आम्दानी वृद्धि गर्न नगरपालिकाले उन्नत जातको ४३ वटा बोका तथा बाख्रा वितरण गरेको हो ।

स्वास्थ्य अवस्था कमजोर भएको परिवार, कृषि तथा पशु समूह, कृषि तथा पशुफार्म, कृषकको हकमा १५ वटाभन्दा धेरै बाख्रा भएको कृषकलाई वितरण गरिएको मेयर विमला राईले जानकारी दिइन् । बाहुनीडाडामा ८, डिकुवा ४, च्यास्मीटारमा ३, बडहरेमा ३, दुर्छिममा ७, मंगलटारमा ३, महादेवस्थानमा २, धितुङमा ४, अर्खौलेमा ४, राजापानीमा पाँचवटा वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

आर्थिकस्तर उकास्नका लागि वैदेशिक रोजगारीमा जाने युवाहरूको जमात बढ्दै गएकाले यसलाई रोक्न व्यावसायिक पशुपालन तथा कृषिमा नगरपालिकाले लगानी गरेको उपमेयर रमेश कुमार राउतले बताए । नगरपालिकाले अनुदानको व्यवस्था गरेसँगै अहिले हलेसीका युवाहरू व्यावसायिक पशुपालनमा जुटेको स्थानीय बताउँछन् । बाख्रापालनबाट पालिकालाई मासुमा समेत आत्मनिर्भर बनाउन सकिने भएकाले यसबारेमा आगामी वर्षसमेत थप योजना तथा कार्यक्रम ल्याउने नगरपालिकाले बताएको छ । अनुदानमा बोका तथा बाख्रा प्राप्त गरेसँगै किसानहरू उत्साहित बनेका छन् । स्थानीय सरकारले उपलब्ध गराएको अनुदानलाई मर्न नदिने लाभग्राहीहरूले प्रतिबद्धता जनाएका छन् ।


क्याटेगोरी : पालिका समाचार, नगरपालिका, सहकारी–कृषि
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया