Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारगाउँ पालिकाकिसानलाई अनुदानमा किवी टि–वार

किसानलाई अनुदानमा किवी टि–वार


दोलखा । जिल्लाको वैतेश्वर गाउँपालिकाकाले किवी किसानलाई अनुदानमा किवी टि–वार वितरण गर्ने भएको छ । पालिकाले चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत किवी खेती गर्ने किसानलाई किवी टि–वार वितरण गर्न १५ दिने सूचना जारी गरेको वैतेश्वर गाउँपालिका सूचना अधिकारी रोशन कुमार गिरीले जानकारी दिए ।

केही समयअघि मात्रै ९० प्रतिशत अनुदान सहयोगमा किवीको बिरुवा वितरण गरेको पालिकाले पुनः किवीलाई थाङक्रोका रूपमा प्रयोग हुने किवी टि–वार ७० प्रतिशत अनुदान सहयोगमा वितरण गर्न लागेको हो । धेरै किवी खेती हुने पालिकाको वडा नम्बर–१,३,४ र ५ का किसानलाई टि–वारको लागि प्रस्तावसहितको निवेदन दिन सूचना माग गरिएको हो । पालिकाको किवी खेती प्रवद्र्धन कार्यक्रमअन्तर्गत किसानलाई ७० प्रतिशत अनुदानमा एक सय ७६ वटा किवी टि–वार वितरण गर्ने सूचना अधिकारी गिरीले जानकारी दिए ।

गाउँपालिका कृषि प्राविधिक निरोज पाण्डेका अनुसार वैतेश्वरमा ८०/९० जना किसान व्यावसायिक किवी खेतीमा संलग्न छन् । पालिकाले गत साता एक सय ५२ जना किसानलाई चार हजार बढी किवी बिरुवा वितरण गरेको थियो । त्यस्तै, गत अर्थिक वर्ष २०७८/७९ मा तीन सय ७९ वटा टि–वार वितरण गरेको कृषि प्राविधिक पाण्डेले बताए ।


क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका, सहकारी–कृषि
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया