दोलखा । जिल्लाको शैलुङ गाउँपालिकामा उत्पादित रेड किबी फल दशैँअगावै काठमाडौंका बजारमा पु-याउन थालिएको छ । शैलुङ गाउँपालिका–४ का किबी उत्पादक कृषकहरूले पहिलो चरणमा किबी फल काठमाडौंको बजारमा पठाउने तयारीमा जुटेका हुन् ।
किबीको व्यावसायिक खेती गर्दै आएका यहाँका नवीन कार्कीले चाडपर्वको समयमा किबीको स्वाद काठमाडौंका उपभोक्तालाई चखाउनका लागि राजधानी लैजाने तयारी गरिरहेको जानकारी दिए । उनले दशैँअघि दोलखाको शैलुङ उत्पादित पाँच सय केजी रेड किबी लैजाने बताए । किबी उत्पादनको हिसाबले अब्बल मानिने शैलुङ गाउँपालिकामा रेड जातको किबीको पनि उत्पादन हुन थालेको छ । लगाएको छोटो समयमै उत्पादन दिने रेड किबीको माग पछिल्लो समय बढ्दै गएको किसानहरूले बताएका छन् । यहाँका किसानहरूले अन्य जातको किबीजस्तै गरी पछिल्ला वर्षहरूमा रेड जातको किबीको पनि व्यावसायिक खेती गरेका छन् । शैलुङको रेड किवीले जिल्लाका स्थानीय बजार भरिएका छन् । जिल्लासँगै काठमाडौंका फलफूल बजारमा समेत यसको माग वृद्धि भएकाले दशैँअगावै किबी काठमाडौंमा लैजान सुरु गरेको किसानहरूको भनाइ छ ।
यहाँका कृषक नवीन कार्कीले पछिल्लो तीन वर्षदेखि व्यावसायिकरूपमा ५० रोपनी क्षेत्रफलमा किबीखेती गर्दै आएका छन् । अहिले उनको किबी फार्ममा छ सय बोट रेड किबी छ । गत वर्ष दुई सय केजी रेड किबी बिक्री गरेका कार्कीले यसवर्ष भने पाँच सय केजी रेड किबी उत्पादन गरेको बताए । जिल्लामा प्रतिकेजी तीन सय ५० रूपैयाँमा बिक्री हुने किबी काठमाडौंमा भने प्रतिकेजी चार सय रूपैयाँमा बिक्री हुने उनको भनाइ छ । करिब ३० लाख लगानीमा सुरु गरेको किबी खेतीबाट भर्खरै आम्दानी लिन सुरु गरेको उनले बताए ।
शैलुङमा उत्पादन हुने विभिन्न छ जातको किबी अब अफसिजनमा पनि पाइने उनले बताए । कार्कीले अफसिजनमा पनि किबी स्टोर गरेर राख्न कोलस्टोर निर्माण गरेका छन् । माघ महिनापछिको अफसिजनको समयमा पनि शैलुङ उत्पादित रेड, हे–वार्ड, मोन्टी, बु्रनोलगायत जातको किबी शैलुङमा पाइने उनले बताए ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- नेपालको वैदेशिक व्यापार : निर्यात प्रवर्द्धनको आवश्यकता
- नवउद्यमीलाई बजारीकरणमा प्रविधिको प्रयोग गर्न आग्रह
- सुशासन सपना र भाषणमै सीमित
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको सुधार
- होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन आग्रह
- म्युचुअल फण्ड नियमावलीको प्राविधिक त्रुटिमा टेकेर बार्गेनिङ
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया