जनजागरण साकोसको कुल पुँजी १६ करोड ७१ लाख
दोलखा । जिल्लाको बैतेश्वर गाउँपालिका वडा नम्बर–३ मिर्गेमा रहेको जनजागरण बचत तथा ऋण सहकारी संस्थाको कुल पुँजी १६ करोड ७१ लाख रूपैयाँ पुगेको छ । संस्थाको सोमबार सम्पन्न २४औँ वार्षिक साधारणसभामा आर्थिक वर्ष २०७८÷०८९ को असार मसान्तसम्म सहकारीको कुल पुँजी १६ करोड ७१ लाख ९५ हजार आठ सय एक रूपैयाँ रहेको कोषाध्यक्ष पुष्कर कुमार दाहालले जानकारी दिए ।
त्यस्तै संस्थाको सेयर पुँजी एक करोड ५३ लाख ५२ हजार छ सय पुगेको छ । दुई हजार नौ सय ९३ जना सेयर सदस्य र एक हजार चार सय दुई जना बाल सदस्य आबद्ध रहेको यस संस्थाको नाफा भने ११ लाख रूपैयाँ रहेको छ । साकोसका अध्यक्ष पवन प्रसाद दाहालको अध्यक्षयता तथा बैतेश्वर गाउँपालिकाका अध्यक्ष छबि लामाको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा संस्थाको सञ्चालक समितिको प्रतिवेदन सचीव रमेश प्रसाद दाहालले प्रस्तुत गरेका थिए । यस्तै संस्थाको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन लेखा संयोजक सोम प्रसाद घिमिरेले प्रस्तुत गरेका थिए । संस्थाले साधारणसभाको अवसरमा पूर्वसञ्चालक, उत्कृष्ट सेयर खरिदकर्ता, दैनिक बचतकर्ता, असल ऋणी, उत्कृष्ट विद्यार्थी छात्रवृत्ति वितरण, एसईई उत्कृष्ट विद्यार्थी नगदसहित प्रमाणपत्रले सम्मान गरेको थियोे ।
बैतेश्वर गाउँपालिकालाई मुख्य कार्यक्षेत्र बनाएर ऋण तथा बचतको कारोबार गरिरहेको सहकारीले सुत्केरी भेटघाट, प्राकृतिक प्रकोपमा सेयर सदस्यलाई आर्थिक सहयोगलगायतका कार्य गर्दै आएको संस्थाका अध्यक्ष पवन प्रसाद दाहालले जानकारी दिए । कार्यक्रममा दोलखा बचत संघका अध्यक्ष भुमिराज खड्काले पछिल्लो समय व्यक्तिवादी स्वार्थमा ऋण लगानी गर्दा सहकारीको लगानी जोखिममा परेको बताए । कार्यक्रम बैतेश्वर गाउँपालिका–३ मिर्गेका वडा अध्यक्ष कमल अधिकारी, जिल्ला बचत संघ दोलखा कोषाध्क्षय तेन्जिङ शेर्पालगायतको उपस्थिति रहेको थियो । यस्तै सहकारीको आगामी कार्यकालको लागि आगामी कात्तिक १३ गते निर्वाचन हुने भएको छ ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- सिटिजन्स बैंकको प्रमुख कार्यकारीमा पोखरेलको निरन्तरता
- ‘घर बीमालाई अनिवार्य गरौँ’
- बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउन चेम्बरको प्रस्ताव
- ‘उच्च ब्याजदरले समग्र मागमा उच्च संकुचन, उद्योगी व्यवसायीको मनोबल घट्यो’
- अस्ट्रेलियाले नयाँ नोटमा बेलायती राजपरिवारको तस्बिर नछाप्ने
- चीन घेर्दै अमेरिका
- बैंकिङ कसुर मुद्दाका चार जना फरार प्रतिवादीहरू विभिन्न स्थानबाट पक्राउ
- ७० प्रतिशतसम्मको छुटसहित बिजबजारको माघ महिनाको ‘२० मा बीज’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया