फोटोनको टीएम वान विद्युतीय ट्रकको परीक्षण
काठमाडौं । फोटोनको टीएम वान विद्युतीय ट्रकको परीक्षण गरिएको छ । गाडीमा पूरा क्षमताको सामान राखेर स्वयम्भुको ह्वाइट गुम्बा र सोह्रखुट्टेको उकालोमा परीक्षण गरिएको सम्बन्धित कम्पनीले जनाएको छ । परीक्षणमा ट्रक शक्तिशाली रहेको प्रमाणित भएको कम्पनीले जनाएको छ ।
फोटोनको नेपालका लागि आधिकारिक एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले हालै उक्त परीक्षण गरेको हो । फोटोन टीएम वान विद्युतीय ट्रकले १४ सय किलो लोड बोक्ने क्षमता राख्ने कम्पनीले जनाएको छ । एक पटकको फुल चार्जमा दुई सय ८० किलोमिटर रेन्ज दिने टीएम वान सहरी क्षेत्र तथा मध्यम दूरीमा सामान ओसारपसारका लागि उपयुक्त ठहरिएको कम्पनीले जनाएको छ । कम्पनीले सो टीएम वान विद्युतीय ट्रकलाई नाडा अटो सोमा विशेष अफरका साथ प्रदर्शन गर्ने समेत जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा दर्ता नगर्नुको कारण माग
- बीआरआई कार्यान्वयनको प्रतिबद्धतापछि मात्र पूर्वाधारमा सहयोग गर्ने चिनियाँ आश्वासन
- ‘खबरमा छु प्रिय’ विमोचन
- आन्दोलनरत डाक्टरहरु र सरकारबीच सहमति
- नेपाल र चीनबीच भएको सहमतिमा नौलो कुरा के छ ?
- अबदेखि होर्डिङ बोर्डमा विदेशी कलाकार देखिन नहुने
- शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा
- योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव नियुक्त
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया