Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगवीवाईडीद्वारा एक वर्षमा तीन मिलियन बढी विद्युतीय सवारीको बिक्री

वीवाईडीद्वारा एक वर्षमा तीन मिलियन बढी विद्युतीय सवारीको बिक्री


काठमाडौं । बीवाईडीले एक वर्षमा तीन मिलियनभन्दा बढीको संख्यामा विद्युतीय सवारी साधनहरू बिक्री गरेको छ । कम्पनीले सन् २०२३ मा मात्रै तीन लाख २४ हजार चार सय १७ वटा विद्युतीय गाडीहरू बेचेको जानकारी दिएको छ ।

यस माइलस्टोनले कम्पनीको ६१ दशमलव आठ प्रतिशतको वर्ष–दर–वर्ष वृद्धि मात्रै नभएर दिगो साधनहरूको विकासमा कम्पनीको प्रतिबद्धतालाई पनि देखाएको बताइएको छ । वार्षिक मापदण्डमा ४५ प्रतिशतको वृद्धि देखाउँदै कम्पनीले डिसेम्बरमा मात्रै तीन लाख ४१ हजार ४३ वटा न्यु इनर्जी गाडीहरू (एनईभी) बिक्री गरेको थियो । वर्षको अन्तिम महिनाको यस बिक्रीले कम्पनीलाई विद्युतीय गाडीहरूको बजारमा अग्रणी स्थान सुनिश्चित गर्न सहयोग गरेको कम्पनीको दाबी छ । २०२२ मा पनि कम्पनीले विद्युतीय गाडीको क्षेत्रमा नयाँ रेकर्ड कायम गर्दै एक दशमलव ८६ मिलियन गाडीहरू बेचेको रेकर्ड बनाएको थियो । कम्पनीका अनुसार दिगो पर्यावरणीय संरक्षण र नवीन प्रविधि विकासप्रतिको प्रतिबद्धताले नै कम्पनीलाई विद्युतीय सवारीसाधनको क्षेत्रमा नयाँ उचाइमा पुर्याएको हो ।

यस्तै, कम्पनीले नोभेम्बर महिनामा पनि उलेख्य मात्रामा विद्युतीय सवारीहरू बिक्री गरेको उल्लेख गरेको छ । कम्पनीले आधिकारिकरूपमा आफ्नो छ मिलियन विद्युतीय गाडीहरू बजारमा ल्याएर एक ऐतिहासिक माइलस्टोन हासिल गरेको जनाएको छ । कम्पनीले सन् २०२३ लाई उत्कृष्ट वर्षका रूपमा लिएको जनाएको छ । यस्तै, कम्पनीले सो वर्ष पर्यावरण मैत्री सवारीसाधनमार्फत यातायातको क्षेत्रमै केही परिवर्तन ल्याउने संयुक्त प्रयास गरेको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया